दिपक मनाङे कहाँ छन्? १ सय ९२ देशका प्रहरीले उनको खोजी गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
दिपक मनाङे कहाँ छन्? १ सय ९२ देशका प्रहरीले उनको खोजी गर्ने

सारांश

  • काठमाडौं- फरार प्रदेश सभा सांसद राजीव गुरुङ ‘दिपक मनाङे’ को नाममा रेड कर्नर नोटिस जारी भएको छ।
  • अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले नेपाल प्रहरीको अनुरोधमा गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो।
  • गुरुङलाई पक्राउको लागि रेड कर्नर नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए।

काठमाडौं- फरार प्रदेश सभा सांसद राजीव गुरुङ ‘दिपक मनाङे’ को नाममा रेड कर्नर नोटिस जारी भएको छ। अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले नेपाल प्रहरीको अनुरोधमा गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो। गुरुङलाई पक्राउको लागि रेड कर्नर नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए। उनी नेपाल बाहिर रहेको हुन सक्ने भन्दै यस्तो नोटिस जारी गरिएको हो। नोटिस जारी भएपछि इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले उनको खोजी गर्ने छन्। आजको नागरिक दैनिकमा खबर छ ।

मनाङबाट ४ नम्बर प्रदेशको प्रदेश सभा सांसदमा गुरुङलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको थियो। सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले माघ २ गते यस्तो फैसला गरेका थिए। सजायँ सदरको फैसला भएपछि पक्राउ पर्ने डरले उनी प्रदेश सभाको सपथमा समेत उपस्थित भएका थिएनन्।

उनको मुद्दामा पुरावेदन अदालत पाटनले यस अघि नै पाँच वर्षको कैद सबै चार प्रतिवादीलाई नै सुनाएकोमा रेवत कार्की समेतका तीनै प्रतिवादीले पुनरावेदन गरेता पनि दिपक मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको थियो। ०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पुनरावेदन अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने अदालतले सफाइ दिएको थियो।

अन्य प्रतिवादीले भने सो सजायँ चुनौति दिँदै पुनरावेदन गरेता पनि मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने पनि इजलासले ठहर गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?