तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
१७ पटक हेरिएको
Shares
तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने

सारांश

  • जिल्लाको घोराही र तुलसीपुरमा महामानव बिपी कोईरालाको पूर्णकदको शालिक राखिने भएको छ ।
  • तुलसीपुरस्थित बिपी चोक र घोराही बजारको सडक डिभिजन नजिक चोकमा पूर्णकदको शालिक राख्नका लागि निर्माणको काम भइरहेको नेपाली काङ्ग्रेस दाङले जनाएको छ ।
  • यही भदौको २४ गते महामानव बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा शालिक अनावरण गर्ने तयारी भएको काङ्ग्रेस दाङका सचिव शङ्कर डाँगीले जानकारी दिनुभएको छ ।

जिल्लाको घोराही र तुलसीपुरमा महामानव बिपी कोईरालाको पूर्णकदको शालिक राखिने भएको छ । तुलसीपुरस्थित बिपी चोक र घोराही बजारको सडक डिभिजन नजिक चोकमा पूर्णकदको शालिक राख्नका लागि निर्माणको काम भइरहेको नेपाली काङ्ग्रेस दाङले जनाएको छ ।यही भदौको २४ गते महामानव बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा शालिक अनावरण गर्ने तयारी भएको काङ्ग्रेस दाङका सचिव शङ्कर डाँगीले जानकारी दिनुभएको छ । “बिपी कोइरालाको पूर्णकदको शालिक निर्माण गरेर दाङ ल्याइसकिएको छ, राख्नका लागि अहिले चोकमा काम भइरहेको छ”, डाँगीले भन्नुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–५ बिपी चोकमा पनि अब बिपीको पूर्णकदको सालिक राखिने भएको छ । त्यसका लागि अहिले रहेको अर्धकदको शालिक हटाएर पूर्णकदको शालिक राखिने भएको काङ्ग्रेस क्षेत्र नं ४ का सभापति जगत खड्काले जानकारी दिनुभयो ।

“तुलसीपुरजस्तो ठूलो बजारमा बिपीको सानो सालिक रहेकाले पार्टीले सानो अर्धकदको सालिक हटाएर पूर्णकदको शालिक राख्ने निर्णय गरेको हो, त्यहीअनुसार अहिले शालिक राख्ने ठाउँको निर्माणको काम भइरहेको छ”, क्षेत्रीय सभापति खड्काले भन्नुभयो ।

हाल चोकमा रहेको अर्धकदको शालिकलाई क्षेत्रीय पार्टी कार्यालय तुलसीपुरमा स्थापना गर्नको लागि त्यो निकाल्ने कार्य शुरु भएको सभापति खड्काले बताउनुभयो । शालिकको अनावरण काङ्ग्रेस सभापतिले गर्ने काङ्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?