तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय

सारांश

  • बलिउड फिल्म निर्माता आदित्य चोपडा धूम सेरिजको चौँथो शृङ्खला धूम ४ ठूलो बजेटमा बनाउन चाहन्छन् ।
  • उनी फिल्मलाई नयाँ दिशा चाहन्छन् ।
  • त्यसैले धूमका अहिले सम्मका रेगुलर कलाकार अभिषेक बच्चन र उदय चोपडालाई हटाइ नया कलाकार लिँदैछन् ।

बलिउड फिल्म निर्माता आदित्य चोपडा धूम सेरिजको चौँथो शृङ्खला धूम ४ ठूलो बजेटमा बनाउन चाहन्छन् । उनी फिल्मलाई नयाँ दिशा चाहन्छन् । त्यसैले धूमका अहिले सम्मका रेगुलर कलाकार अभिषेक बच्चन र उदय चोपडालाई हटाइ नया कलाकार लिँदैछन् ।

धूम सिरिजमा भिलेनको रोल निकै महत्वपूर्ण रहने गर्छ । पहिलो भागमा भिलेनको भूमिकामा जोन अब्राहम देखिएका थिए भने दोस्रो र तेस्रोमा क्रमश ऋतिक रोशन र आमिर खान देखिएका थिए । धूममा हिरोलाई भन्दा भिलेनलाई बढी महत्वका साथ प्रस्तुत गरिन्छ र दर्शकले त्यसैलाई बढी रुचाएको पनि पाइन्छ । यस्तोमा धूम ४ मा भिलेनको भूमिका कसले निर्वाह गर्छ भन्ने कुरा सबैको चासोको विषय हो । धु्मको अर्को विशेषता भनेको मुख्य भूमिकामा रहेको कलाकार पुनः नदोहोरिनु हो ।

निर्माता चोपडाले धूमको यो भाग पनि उत्कृष्ट बनाउने सोचमा मुख्य भूमिकामा सलमान खानलाई राख्न प्रस्ताव गरेका थिए । तर सलमानले धूम ४ को अफर बहिष्कार गरिदिएका छन् । खासमा सलमानलाई नेगेटिभ रोल गर्न मन पर्दैन । धूम ४ मा मुख्य रोल भनेकै नेगेटिभ छ । सलमानले खलपात्रको भूमिका निर्वाह गरेको खण्डमा उनको छविमाथि नकारात्मक असर पर्ने उनलाई डर छ ।
प्रश्न यहाँ उठ्छ कि सलमानले फिल्म नखेलेको अवस्थामा त्यो भूमिकामा को फिट को हुन्छ । स्रोतका अनुसार धूम ४ का लागि अर्का खान सुपरस्टार शाहरुखलाई लिइने भएको छ । यस भन्दा अघि पनि धेरै फिल्ममा खलनाएकको भूमिकामा देखिएका शाहरुखलाई यो रोलबाट कुनै आपत्ति नरहने अनुमान लगाइएको‍ छ । यस्तो भएको खण्डमा शाहरुख र धूमका दर्शकलाई खुशीको खबर हुनेछ । रोमान्स किङ्ग भनेर पनि चिनिने शाहरुख एक्शनका पनि महारथि मानिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको ठाडो दबाबपछि बिषादीयुक्त फलफूल तथा तरकारी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय
भारतको ठाडो दबाबपछि बिषादीयुक्त फलफूल तथा तरकारी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय
कञ्चनजंघा कन्ट्रक्सन लाई लक्षित गरी कस्ले बम राख्याे?
कञ्चनजंघा कन्ट्रक्सन लाई लक्षित गरी कस्ले बम राख्याे?
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
पत्नीकै मिलेमतोमा बालिका बलात्कृत
पत्नीकै मिलेमतोमा बालिका बलात्कृत
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
आजको राशिफल : के लेखेको छ तपाईंको भाग्यमा ?
आजको राशिफल : के लेखेको छ तपाईंको भाग्यमा ?
Avast Safeprice Assessment
Greek wildfires kill 50; hugging bodies found near beach
Greek wildfires kill 50; hugging bodies found near beach