तोकियो सांसदको तलब
सारांश
- काठमाडौं, ३० फागुन – संघीय संसदको बैठक सुरू भएको एक साता बितेको छ।
- संसदका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक यसअघिको व्यवस्थापिका संसदले पास गरेको थियो।
- संविधानको धारा २९६ को उपधारा १ बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, विपक्षी दलको सचेतक र सभापति रहने प्रावधान छ।
काठमाडौं, ३० फागुन – संघीय संसदको बैठक सुरू भएको एक साता बितेको छ। संसदका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक यसअघिको व्यवस्थापिका संसदले पास गरेको थियो।
संविधानको धारा २९६ को उपधारा १ बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, विपक्षी दलको सचेतक र सभापति रहने प्रावधान छ। आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।
सभामुख र अध्यक्षले पारिश्रमिक बापत मासिक ६७ हजार ३ सय २०, आवास सुविधाबापत मासिक २८ हजार २ सय ७५ रुपैयाँ पाउनेछन्।
प्रतिनिधिसभामा विपक्षी दलका नेता, उपसभामुख र उपाध्यक्ष, राष्ट्रियसभामा विपक्षी दलको नेता, सत्ता पक्षको नेता र मुख्य सचेतक, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र सभापतिले मासिक पारिश्रमिक ६० हजार ९ सय ७०, आवासबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन्।
प्रतिक्रिया