त्रिदेशीय नाकामा सुरक्षाकर्मी पुगेनन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
२६ पटक हेरिएको
Shares
त्रिदेशीय नाकामा सुरक्षाकर्मी पुगेनन्

सारांश

  • काठमाडौं।
  • नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भएसँगै उनीहरु गाउँ पुगिसकेका छन्।
  • झण्डै एक सातासम्म भारतीय बाटो भएर उनीहरु गाउँ पुगेका हुन्।

काठमाडौं। नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भएसँगै उनीहरु गाउँ पुगिसकेका छन्। झण्डै एक सातासम्म भारतीय बाटो भएर उनीहरु गाउँ पुगेका हुन्। यहाँका स्थानीय भन्दा अगाडि पुग्नुपर्ने सुरक्षाकर्मी भने अझै पुग्नसकेका छैनन्।

गत मङ्सिरमा स्थानीयवासीको खलङ्गा बसाइँ सरेपछि त्रिदेशीय नाका तिङ्कर र नेपाल–भारत जोड्ने सीमा सीतापुलमा रहेका प्रहरी अहिले पनि ब्यास–२ दुम्लीङमै छन् । छ महीना राज्यको उपस्थितिका रुपमा रहने नेपाल प्रहरीले छाङ्गरु र तिङ्कर उक्लिन सकेको छैन्। नेपाली सुरक्षाकर्मी छाङ्गरु र तिङ्कर पुग्न नेपालतिर बाटो छैन्। स्थानीयवासीले भारतीय अनुमति लिएर बाटो प्रयोग गरे पनि हतियारसहित जानुपर्ने प्रहरीले भारतीय बाटो प्रयोग गर्न सक्दैनन्।

गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा छाङ्गरु र तिङ्कर जाने गोरेटो बाटो निर्माण गरेको थियो। तर भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ। भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ। “भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विष्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको हो”, गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भन्नुभयो, “घाँटी बगड क्षेत्रमा नेपालले निर्माण गरेको सडक भन्दा १५ फिटमाथि पानी पुगेको थियो ।”

ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ। बाटो नभएकै कारण अहिले नेपाल प्रहरीले ब्यासको छाङ्गरु तथा तिङ्कर पूरै उक्लिन नपाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए। उनका अनुसार केही प्रहरीलाई मात्रै सितापुल पठाइएको छ।

प्रहरीले रासन हातहतियारसहित माथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो। सितापुलमा सुरक्षाकर्मी पु¥याउन सदरमुकाम खलङ्गाबाट हेलिकप्टरमार्फत नेपाल प्रहरी पठाउने तयारी छ।

नेपाली सेनाको हेलिक्पटरमार्फत सुरक्षाकर्मी सितापुल लगिने बताइए पनि हेलिकप्टर आउन सकेको छैन। हेलिकप्टर आउन अझै चार पाँच दिन लाग्ने जानकारी आएको प्रहरी निरीक्षक बोहराले बताए।

सशस्त्रको सुरक्षा पोष्ट राख्न केन्द्रबाटै ढिलाइ

त्रिदेशीय नाका रहेको तिङ्करमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट (विओपी) राख्न जमीन व्यवस्थापनमा सरकारी तवरबाटै ढिलाइ भएको छ। छाङरुको गागास्थित सार्वजनिक जमीन सुरक्षा पोष्टका लागि उपलब्ध गराउनेबारे सरकारीस्तरबाटै ढिलाइ भएको हो।

योवर्ष त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति गराउने गरी तयारी गरिएको भए पनि जमीनको विषयमा केन्द्रबाट टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको छ। गागामा विओपी ९वर्डर आउट पोष्ट० स्थापनाका लागि जिल्लास्तरबाट दुई महीनाअघि जमीनको टुङ्गो लागेको हो। गत चैत ४ र ५ गतेको सुरक्षा समिति बैठकले जग्गा व्यवस्थापन गर्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए।

सरकारी जग्गा भाडामा उपलब्ध गराउने कार्यविधि २०७१ को व्यवस्थाअनुसार जिल्ला सिफारिस समितिले सिफारिस गरेको छ। जिल्ला मालपोत कार्यालयले गत चैत ६ गते टिप्पणी लेखेर सम्बन्धित विभाग तथा मन्त्रालयमा पठाइ सकिएको मालपोत कार्यालयका प्रमुख लक्ष्मीराज विष्टले बताए।

मालपोत कार्यालयमार्फत भूमि व्यवस्थापन तथा अभिलेख विभाग हुँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पुगेको प्रस्ताव अहिलेसम्म टुङ्गो लाग्नसकेको छैन। भूमि व्यवस्था मन्त्रालयले गृह र वन तथा वातावरण मन्त्रालयको सहमति मागेको अनौपचारिक जानकारी प्राप्त भएको उनले जानकारी दिए। सदरमुकाम खलङ्गाबाट ८२ किलोमिटर टाढा गागा पर्दछ। उक्त क्षेत्रमा पहिलो पटक सशस्त्र प्रहरी राख्ने तयारी भएपछि स्थानीय समेत खुशी थिए। “राज्यको उपस्थिति अनिवार्य हुनुपर्छ”, गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भने, “भारतले नेपालतिरको स्रोत दोहन गरिसकेको छ, त्यसको संरक्षणका लागि पनि सुरक्षाकर्मी आवश्यक छ ।”
गागास्थित कित्ता नम्बर ३५ को ११५ रोपनी तीन आना जमीनमध्ये सशस्त्र प्रहरीको पोष्ट स्थापनाका लागि १५ रोपनी जमीन उपलब्ध गराउने तयारी छ। अहिले प्रस्तावित जमीन पूरै खाली रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नं ५० का गुल्मपति भीमबहादुर चन्दले बताए। सशस्त्र प्रहरीले हाल सदरमुकाम खलङ्गास्थित पुलघाट, चमेलिया जलविद्युत् आयोजना र सीमा क्षेत्रमा गस्ती गर्दै आइरहेको छ। सशस्त्रले ब्यासको गागा र लेकमको लालीमासमेत विओपी राख्ने तयारी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रावती गाउँपालिकाका आठवटा वडाको मतपरिणाम घोषणा
Online Spielautomaten & Slots JETZT SPIELE
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको फ्रान्स विश्वकपको अन्तिम १६ मा
एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको फ्रान्स विश्वकपको अन्तिम १६ मा
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह
सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह
ओली र मोदीको सम्बन्ध प्रगाढः परराष्ट्रमन्त्री ज्ञवाली
संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो
संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो
औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद

तपाईंले छुटाउनुभयो कि?