तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, २४ बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथि सरकारले कडा नीति लिने बताएका छन् ।
  • राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथि सरकारले कडा नीति लिने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा, कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने चेतावनी दिए । प्रधानमन्त्री ओलीले भने, “राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन ।”

प्रधानमन्त्री ओलीले भने, “राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेष फैलाउनेहरुबाट सजग हुनु पर्छ ।” प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुतगतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए । “अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो”, प्रधानमन्त्री ओलीले भने, “कसैले षडयन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं ।”

राष्ट्रिय सुरक्षा परिषद्ले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो ।” प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालीहरु तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाति भएको स्मरण गराउनु भएको छ । “राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुदैन ।”

प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धी धारणालाई समयअनुकूल ढंगले अघि बढाउने तयारी गरेको बताए । “विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं”, प्रधानमन्त्री ओलीले भने, “दासता नस्वीकारेका र पराधीन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ ।” कार्यक्रममा रक्षा मन्त्री इश्वर पोख्रेल, अर्थमन्त्री डा.युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?