यूएईमा २ नेपालीमा देखियो कोरोना संक्रमण
सारांश
- संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको सार्वजनिक भएको छ ।
- २ नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- दुई जना नेपालीसहित यूएईका ४ जना, इटलीका ३ जना, बङ्गलादेशका २ जना, रुस, भारत र सिरियाका एक एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको सार्वजनिक भएको छ । २ नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दुई जना नेपालीसहित यूएईका ४ जना, इटलीका ३ जना, बङ्गलादेशका २ जना, रुस, भारत र सिरियाका एक एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । १४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको स्वास्थ्य विभागले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि सङ्क्रमित भएका र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु नयाँ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । चीनमा महामारीको रुप लिएपछि यूएईका अधिकारीहरुले देशमा भाइरसको प्रसारको निगरानी र उच्चतम चिकित्सा मानकअनुसार यसलाई नियन्त्रण गर्न कुनै प्रयास नगरेको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया