प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
सारांश
- अस्बिन खड्का उदयपुर, ९ साउन ।
- पूर्वी नेपालमा हालसम्म एनालग प्रणालीमा सञ्चालन हुँदै आएका सबै टेलिभिजनहरु बन्द गरिएका छन् ।
- एनालग टेलिभिजनहरु बन्द भएपछि डिशहोमको माग ह्वात्तै बढेको छ ।
अस्बिन खड्का
उदयपुर, ९ साउन । पूर्वी नेपालमा हालसम्म एनालग प्रणालीमा सञ्चालन हुँदै आएका सबै टेलिभिजनहरु बन्द गरिएका छन् । एनालग टेलिभिजनहरु बन्द भएपछि डिशहोमको माग ह्वात्तै बढेको छ ।
सञ्चार मन्त्रालयका इञ्जिनियर अनिल भुजेलको नेतृत्वमा पूर्व आएको अनुगमन टोलीले प्रदेश १ को विराटनगर, इटहरीमा छडके अनुगमन गरी एनालग सिष्टममा सञ्चालित केवल नेटवर्कहरुमा छापा मारी बन्द गराएको हो । सोही क्रममा इटहरीमा रहेको पशुपति केवल नेटवर्क र सुनसरी केवल नेटवर्कमा सो टोलीले छडके अनुगमन गरी बन्द गराएको हो ।
पटकपटक डिजिटल प्रविधिमा जान अनुरोध गर्दा पनि नटेरेपछि टोलीले अनुगमन गरी बन्द गराएको हो । सञ्चार मन्त्रालयले गत २०७५ बैशाख १५ गतेदेखि नै सम्बन्धित केवलहरूलाई पत्राचार गरी तत्काल एनालग सिस्टम बन्द गर्न आग्रह गरेको थियो । एनालग बन्द भएपछि अब च्यानल हेर्न अनिवार्य सेटअप बक्स खरीद गरिनुपर्ने र एनालग सिष्टम बन्द गरेपछि प्रदेश १ मा रहेका एनालग सिष्टमका सबै टेलिभिजन बन्द भएका छन् ।
सरकारले धेरैपटक एनालग टिभीहरु बन्द गर्न भने पनि अटेर गरिएपछि मन्त्रालयले छापा मार्न थालेको हो । छापा मारेर एनालग बन्द नगरेको पाइएमा बन्द गराउन लगाइएको मन्त्रालय स्रोतले जनाएको छ । यसैगरी मन्त्रालयले देशभरका अन्य जिल्लाहरुमा पनि छापा मार्ने र एनालग टिभी बन्द गराउने कार्यलाई तीब्रता दिएको छ ।
प्रतिक्रिया