मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
सारांश
- काठमाडौं, माघ २२ ।
- हिमाल पारिको सुन्दर जिल्लाको रुपमा परिचीत मनाङ प्राकृतिक सुन्दर एवं रमणीय रुपमा परिचित छ ।
- ।
काठमाडौं, माघ २२ । हिमाल पारिको सुन्दर जिल्लाको रुपमा परिचीत मनाङ प्राकृतिक सुन्दर एवं रमणीय रुपमा परिचित छ । । बहुमूल्य जडीबुटी, वन सम्पदा, अपार जलस्रोतको भण्डार, विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अरु धेरै कुण्ड र बौद्ध गुम्बाहरूले गर्दा मनाङ सबैको रोजाइमा पर्दै आएको छ ।
अन्नपूर्ण हिमालको काखमा रहेको मनाङ हिउँको जिल्ला हो । मनाङमा हिउँ फुल्छ अनि हिउँ नै फल्छ पनि । मनाङमा अत्यन्तै ठुला र अग्ला हिमाल छन् । यहाँ अन्नपूर्ण पहिलो, दोस्रो र चौथो तथा पिसाङ पिक, मनास्लु, ङावल जुलु, गङ्गापूर्ण, तिलिचो, थ्रोङ पिक जस्ता थुप्रै हिमाल छन् । अति मनमोहक हिमशृङ्खलाले घेरिएको मनाङ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
मनाङ जति प्राकृतिक रुपमा सजिएको छ त्यसलाई स्थानीयको जीवन्त संस्कृतिले सुनमा सुगन्ध थपेको छ । हिमाल पहाड र झरनाले मात्र मनाङ पर्यटकीय गन्तव्य बनेको होइन । मनाङ धर्म संस्कृति र रीतिरिवाजमा पनि उत्तिकै प्रसिद्घ छ । यहाँको जीवन्त संस्कृतिले जो कोहीलाई मोहित बनाइरहेको छ । मनाङ साँच्चिकै जीवन्त सांस्कृतिक सङ्ग्रहालय बनेको छ ।
मनाङको यी लोभलाग्दा दृश्यहरुको प्रचार मनाङ अनि नेपालमा मात्र सिमित छ । बिश्वको अग्लो स्थानमा रहेको तिलीजो ताल मनाङमै रहेपनि प्रचार प्रसारको अभावले छायामा परेको छ । अझ भनै कति पय मानिसहरुलाई त मनाङ र मुस्ताङ एउटौ जिल्ला हो भनेर समेत बुझ्ने गरेको पाईन्छ ।
https://www.youtube.com/watch?v=_roK9BHAz8Q
प्रतिक्रिया