सभामुख महराकाे टेलिफोन लाइन काटियो !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सभामुख महराकाे टेलिफोन लाइन काटियो !

सारांश

  • काठमाडौँ, ६ वैशाख ।
  •   सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१–४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ ।
  • बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो ।

काठमाडौँ, ६ वैशाख ।  सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१–४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयमा टेलिफोन गर्दा पनि आगमन कल निषेध गरिएको सूचना सुनाइन्छ । टेलिफोन शुल्क बेलैमा नतिरेपछि संसद् सचिवालयको मात्र होइन, विभिन्न मन्त्रालय र संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयहरूको पनि लाइन काटिएको छ । केन्द्रीयदेखि स्थानीय तहसम्मको सरकारी कार्यालयमा अघिल्लो महिनाको शुल्क नतिरेपछि लाइन काटिएको हो । टेलिकमको नयाँ बिलिङ प्रणालीअनुसार ल्यान्ड लाइन टेलिफोनको मासिक बिल अंग्रेजी महिनाको १५ तारिखमा तयार हुने गर्छ । टेलिफोनको अघिल्लो महिनाको बिल भुक्तानी गरेर क्रेडिट लिमिटका आधारमा सेवा नियमित गर्नुपर्ने हुन्छ ।

टेलिकमले सरकारी कार्यालयको टेलिफोन लाइन काट्नुअघि एसएमएस गरी ल्यान्ड लाइन टेलिफोनको चैत महिनाको बिल वैशाख ३ गते बेलुका तयार हुने भएकाले बिल भुक्तानी गरी क्रेडिट लिमिटका आधारमा सेवा नियमित गर्नसमेत अनुरोध गरेको थियो ।

स्रोतका अनुसार संसद् सचिवालयका नाममा ६० लाख रुपैयाँभन्दा बढी बक्यौता छ । ‘यो पुरानो बक्यौता हो,’ सचिवालय स्रोतले भन्यो, ‘सबै टेलिफोनको लाइन बन्द भएपछि लाजैमर्दो भएको छ । सरकारसँग बक्यौता तिर्न रकम माग गरेका छौं । पैसा नतिरेसम्म यस्तै हुने भयो ।’ सचिवालयका पदाधिकारीले भने आफ्नो कार्यालयको मात्र नभई सिंहदरबारभित्रका मन्त्रालयहरूको पनि लाइन काटिएको भन्दै बचाउ गरिरहेका छन् ।

मन्त्रीको पनि काटियो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको कार्यकक्षमा रहेको ०१–४२००३११ नम्बरको टेलिफोन लाइनसमेत काटिएको छ । टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको टेलिफोन लाइनसमेत काटेको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र पौडेलको ०१–४२११४३५, गुनासो सुन्ने अधिकारी उपसचिव गोविन्दसिंह भण्डारीको ०१–४२११८३०, सूचना अधिकारी उपसचिव संगीता ओझाको पनि टेलिफोन लाइन काटिएको छ ।

सञ्चार मन्त्रालयका प्रवक्ता ढकालले टेलिफोन लाइनसमेत प्रिपेड सिस्टममा लगेपछि सञ्चारलगायत अन्य मन्त्रालयको समेत टेलिफोनमा समस्या देखिएको बताए । ‘सिस्टम परिवर्तन गर्दा ब्यालेन्स नभएपछि टेलिफोनको सेवा बन्द भएको हो,’ उनले भने । सिंहदरबारभित्र भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायत मन्त्रालयको टेलिफोन पनि लाइन काटिएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले ल्यान्ड लाइन टेलिफोनको बिलिङलाई नयाँ प्रणालीमा रूपान्तरण गर्दा धरौटीभन्दा बढी शुल्क उठेपछि तोकिएको समयमा नतिर्दा सिस्टमले नै लाइन काट्ने बताइन् । यो व्यवस्था पहिलो चरणमा नेपाल टेलिकमभित्रको लाइन, दोस्रो चरणमा सर्वसाधारण, तेस्रो चरणमा सरकारी कार्यालय र कूटनीतिक नियोगमा लागू गरिएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीर अस्पताल सेवा अायोगका सचिव र रेडियोग्राफरलाई भ्रष्टाचार मुद्दा
वीर अस्पताल सेवा अायोगका सचिव र रेडियोग्राफरलाई भ्रष्टाचार मुद्दा
भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका
भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्
२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्
गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी
गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी
काठमाडौंमा डिजिटल पार्किङका लागि प्रक्रिया शुरु
स्थानीय तहमा कुन दल बाट को-को बने उम्मेदवार ?
स्थानीय तहमा कुन दल बाट को-को बने उम्मेदवार ?
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
भदौ १ गतेदेखि प्रशिक्षणको अनुमति
भदौ १ गतेदेखि प्रशिक्षणको अनुमति

तपाईंले छुटाउनुभयो कि?