कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
३१ पटक हेरिएको
Shares
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

सारांश

  • झापा।
  • झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित भएकी छन्।
  • पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भएका थिए।

झापा। झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित भएकी छन्। पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भएका थिए।

पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भए। उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गरे। स्वतन्त्रबाट उम्मेदवार बनेका शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गरे।

यसैगरी उपप्रमुख शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गरी विजय बनिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरिन्। उनले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गरेकी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?