ओखलढुङ्गामा गाउँपालिका प्रमुखले आफ्नै कर्मचारी कुटे

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
ओखलढुङ्गामा गाउँपालिका प्रमुखले आफ्नै कर्मचारी कुटे

सारांश

  • ओखलढुङ्गा, पुस १५ –ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् ।
  • प्रमुख केसीले बिहीबार राति गाउँपालिकाका प्राविधिक मिनबहादुर कार्कीलाई कुटपिट गरेका हुन् ।
  • केसीको कुटाईवाट त्यसै गाँउपालिकाको पलापु, कालिका हेर्ने प्राविधिक सहायक मिनकुमार कार्की घाइते भएका हुन् ।

ओखलढुङ्गा, पुस १५ –ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् ।

प्रमुख केसीले बिहीबार राति गाउँपालिकाका प्राविधिक मिनबहादुर कार्कीलाई कुटपिट गरेका हुन् । केसीको कुटाईवाट त्यसै गाँउपालिकाको पलापु, कालिका हेर्ने प्राविधिक सहायक मिनकुमार कार्की घाइते भएका हुन् । घटना बिहीबार राति भएको र घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको बताइएको छ ।

बेलुकीको खानपानका बेला विवाद भई सामान्य झगडा भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । घटनाको बारेमा टेलिफोनवाट जानकारी भए पनि जिल्ला प्रशासन कार्यालयमा कुनै पनि उजुरी नआएको तथा घटनाबारे गाँउपालिकामा नै छलफल भएको जानकारी आएको प्रजिअ पन्तले बताउनु भयो । गाँउपालिका प्रमुख केसीको कुटाईवाट घाइते भएका कर्मचारी कार्कीले बिना कारण आफूमाथि कुटपिट भएको बताएका छन् ।

गाउँपालिकाको केही वडाहरुमा भएको विकास निर्माणको योजना फरफारक गर्न काम नभएका योजनाको पनि लागत अनुमान पास गर्न दबाब दिएको र काम नभएको योजनाको सम्पन्न लागत अनुमान गर्न नमानेकाले आफूमाथि कुटपिट गरेको पीडित कार्कीले आरोप लगाएका छन् ।

घटनाको बारेमा गाउँपालिका प्रमुख नवराज केसीले टेलिफोनमा यसबारे प्रमुख कार्यकारी अधिकृतसँग कुरा भएको बताउँदै घुमाउरो तरिकाले स्वीकार गरे पनि आफुले नकुटेको दावी गर्नुभयो । आफ्नै कर्मचारी भएको बताउँदै बाहिर आएका कुरा वाहियात भएको तर्क गर्नुभयो ।

यस अघि पनि चम्पादेवी गाउँपालिकाका प्रमुख केसीले सोही गाँउपालिका वडा नं. ९ का सर्वसाधरण काजी सार्कीलाई वाम गठबन्धनमा लागेको आरोपमा कुटपिट गर्दा सार्कीको दाँत नै भाँचिएको थियो । केशीको अराजक व्यवहारले गाउँपालिकाका कर्मचारी त्रसित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने
विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण
नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण
चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ
चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार युवक पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार युवक पक्राउ
सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी
सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
नक्कली भ्याटबिलमा तानिए सेनाका ठेकेदार
प्रतिनिधिसभा चुनावका लागि  केपी शर्मा ओली र वामदेव गौतम  कहाँ , कहाँ बाट लड्दै छन ?
प्रतिनिधिसभा चुनावका लागि केपी शर्मा ओली र वामदेव गौतम कहाँ , कहाँ बाट लड्दै छन ?
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो

तपाईंले छुटाउनुभयो कि?