रविले ‘अन्याय’ गरेका एसएसपीले अहिले पाउलान् न्याय ?
सारांश
- काठमाडौं ।
- अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले धमाधम उमेरहदका कारण अवकाश पाउन थालेपछि र नायब महानिरीक्षक (डीआईजी)हरू बढुवा भएपछि नेपाल प्रहरीमा अहिले डीआईजीको रिक्त दरबन्दी ८ पुगेको छ ।
- पछिल्लोपटक एकदिने एआईजी किरण राणा र अर्का एआईजी रामदत्त जोशीले एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएसँगै रिक्त दुई पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरिसकेको छ ।
काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले धमाधम उमेरहदका कारण अवकाश पाउन थालेपछि र नायब महानिरीक्षक (डीआईजी)हरू बढुवा भएपछि नेपाल प्रहरीमा अहिले डीआईजीको रिक्त दरबन्दी ८ पुगेको छ ।
पछिल्लोपटक एकदिने एआईजी किरण राणा र अर्का एआईजी रामदत्त जोशीले एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएसँगै रिक्त दुई पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरिसकेको छ । उनीहरूको बढुवासँगै प्रहरीमा डीआईजीको रिक्त दरबन्दी ८ पुग्नेछ ।
रिक्त ८ डीआईजीका लागि तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अहिले प्रतिस्पर्धामा छन् । समग्रमा अहिले २० जना एसएसपी डीआईजीका लागि प्रतिस्पर्धामा छन् ।
प्रतिस्पर्धामा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याचका समेत तीन जना छन् । कुँवरको ब्याचका एआईजी र डीआईजीले ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाइरहँदा उनकै ब्याचका गणेश चन्द, भोलाबहादुर रावल र धु्रवराज राउत डीआईजीका लागि प्रतिस्पर्धा गरिरहेका हुन् । ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका उनीहरू आफ्नो ब्याचमेट आईजीपी भएर चार महिनापछि अवकाश हुन लाग्दा डीआईजी बढुवाको दौडमै रहेका हुन् । उनीहरू बढुवा भए पनि हालको प्रहरी नियमावलीनुसार आगामी ४ चैतमा अनिवार्य अवकाशमा जानेछन् ।
प्रहरी संगठनमा अहिले शक्तिकेन्द्रले रुचाए मात्र बढुवा हुने संस्कार हावी हुँदै गएको छ । त्यसैले पनि मेरिट लिस्टको टप थ्रीमा भए पनि आफूहरू बढुवा हुन्छौं भन्नेमा उनीहरू विश्वस्त हुन सकेका छैनन् । यसअघि पनि दाबेदार हुँदाहुँदै बढुवा सिफारिस समितिको आँखामा पर्न नसकेकाले यो अवस्था आएको हो ।
डीआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष हुन्छन् । सदस्यमा आईजीपी र प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विभागका एआईजी सदस्य सचिव रहने कानुनी व्यवस्था छ । तर, यो बढुवा समिति शक्तिकेन्द्रको आदेशपालकजस्तो बन्दै आएको छ ।
यस्तै, डीआईजीको प्रतिस्पर्धामा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ सालमा प्रहरी निरीक्षक बनेकाहरू पनि डीआईजीमा बढुवाका लागि दौडधुपमा छन् ।
रवि लामिछाने गृहमन्त्री हुँदा आईजीपी कुँवर र राष्ट्रिय अनुसन्धान विभागबाट आएका ब्याचलाई छाडेर २०५४ सालको टोलीका अधिकृतलाई बढुवा गरिएको थियो । त्यतिबेला बढुवा हुनेमा २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरू दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी थिए ।
२०५३ र २०५४ सालको टोलीबाट बढुवा हुने प्रहरी अधिकारी भावी आईजीपीको दौडमा हुने भएकाले पनि अहिलेको बढुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मेरिट लिस्टको चौथो नम्बरमा सिद्धीविक्रम शाह, पाँचौंमा सुशीलसिंह राठौर, छैटौंमा उमाप्रसाद चतुर्वेदी छन् । यसैगरी, सातौं, आठौं र नवौं नम्बरमा क्रमशः हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक र ओमबहादुर राना छन् । उनीहरू ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीको जनपद समूहतर्फ स्थानान्तरण भएका थिए ।
राअविबाट आएका शाह गत जेठको बढुवामै पर्ने चर्चा थियो । तर, तत्कालीन गृहमन्त्री लामिछानेले २०५४ सालको टोलीका तीन जनालाई काखी च्याप्दा शाह त्यसबेला डीआईजी बढुवामा पर्न सकेका थिएनन् । त्यसबेला लामिछानेमाथि राअविको टोलीलाई अन्याय गरेको आरोप पनि लागेको थियो । लामिछानेले ३ वर्ष जुनियरलाई बढुवा गरेर ‘फौजी मनोबल कमजोर बनाएको’ उच्च प्रहरी अधिकृतहरूको भनाइ रहँदै आएको छ ।
यस्तै, १८ चैत २०५४ मा प्रहरीमा प्रवेश गरेका एसएसपीहरू पनि डीआईजीमा बढुवा हुने प्रतिस्पर्धामा छन् । ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियासहित ११ जना सो ब्याचका प्रतिस्पर्धी हुन् । यस टोलीमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका चार जनामध्ये राजु आर्याल सशस्त्रको आईजीपी, नारायणदत्त पौडेल र बंशिराज दाहाल एआईजी र शम्भु सुवेदी डीआईजी छन् ।
spot
“Outstanding post! The research quality and clarity blew me away. The way you’ve structured each point shows your deep understanding of the topic. I’ve learned so much from your expert insights.”
HealXO
“Absolutely phenomenal work! The way you’ve broken down this complex topic while maintaining depth is impressive. Your expertise and research quality are evident throughout.”