परीक्षापछि मात्रै शिक्षाका कर्मचारी समायोजित हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
परीक्षापछि मात्रै शिक्षाका कर्मचारी समायोजित हुने

सारांश

  • काठमाडौँ, ८ चैत, सरकारले समायोजन भएर जाने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन निर्देशन दिएको छ ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश र स्थानीय तहमा कार्यरत शिक्षा सेवाका त्यस्ता कर्मचारीलाई परीक्षा समाप्त भएपछि मात्रै समायोजन भएको कार्यालयमा जान निर्देशन दिएको हो ।
  • परीक्षाका लागि जिल्ला समन्वय समितिको सदस्यसचिवका रूपमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रहने भएकाले साविक बमोजिम कार्यसम्पादन गर्न भनिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ८ चैत, सरकारले समायोजन भएर जाने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश र स्थानीय तहमा कार्यरत शिक्षा सेवाका त्यस्ता कर्मचारीलाई परीक्षा समाप्त भएपछि मात्रै समायोजन भएको कार्यालयमा जान निर्देशन दिएको हो । परीक्षाका लागि जिल्ला समन्वय समितिको सदस्यसचिवका रूपमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रहने भएकाले साविक बमोजिम कार्यसम्पादन गर्न भनिएको मन्त्रालयले जनाएको छ ।

यस वर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि २१ गतेसम्म देशभर एकसाथ हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । यसमा दुई लाख ३६ हजार ४४५ पुरुष र दुई लाख ३८ हजार ५५८ महिला विद्यार्थी छन् । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार परीक्षाका लागि एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् । अनिवार्य विषयका प्रश्नपत्रहरु सातै प्रदेशबाट सोधिनेछ ।

विद्यालय शिक्षामा ‘अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ जारीपछि अक्षराङ्कन पद्धतिमा हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान
नेकपा एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान
पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?
पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?
यसकारण एमालेका नेताहरु निर्वाचन आयोगको मुख्यालय जाँदै
यसकारण एमालेका नेताहरु निर्वाचन आयोगको मुख्यालय जाँदै
हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?
हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?
मदिरा पिएको भन्दै एनआरएन अध्यक्ष भट्टलाई विमानबाट ओरालियो
मदिरा पिएको भन्दै एनआरएन अध्यक्ष भट्टलाई विमानबाट ओरालियो
‘अब काठमाडौंमा स्काई रेल’
‘अब काठमाडौंमा स्काई रेल’
झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्
झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्
खुला ठाउँमा आगो नबाल्नुस् है १ लाख र जेल जानुपर्ला !
खुला ठाउँमा आगो नबाल्नुस् है १ लाख र जेल जानुपर्ला !
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा
गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर- प्रधानमन्त्रीका भारत भ्रमणका एजेन्डा
स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय
स्ववियू निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले घेरे उपकुलपातिको कार्यालय

तपाईंले छुटाउनुभयो कि?