पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
सारांश
- इस्लामाबाद।
- पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लागेका छन्।
- संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४ औ अधिवेशनमा भाग लिन न्युयोर्क जानुअघि उनी दुई दिनको भ्रमणका क्रम साउदी अरेबिया पुग्नु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
इस्लामाबाद। पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लागेका छन्।
संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४ औ अधिवेशनमा भाग लिन न्युयोर्क जानुअघि उनी दुई दिनको भ्रमणका क्रम साउदी अरेबिया पुग्नु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।साउदी भ्रमणको क्रममा प्रधानमन्त्रीले साउदी नेतासँग भारतीय नियन्त्रित काश्मिरको “गम्भीर अवस्था“ को विभिन्न विषयमा छलफल गर्नेछन्। उनले काश्मिरको विशेष स्थिति खारेज गर्ने भारत सरकारको गत महिना निर्णयपछिको अवस्थाको विषयमा छलफल गर्ने बताइएको छ।
प्रधानमन्त्री खानले काश्मिरको मुद्दामा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग नियमित सम्पर्कमा रहेको भएको कुरा प्रधान मन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ।
प्रधानमन्त्रीको भ्रमणको क्रममा दुबै पक्षले आर्थिक साझेदारीलाई थप सुदृढ पार्ने तरिकाहरूमा पनि छलफल गर्नु हुने अनुमान गरिएको छ।साउदी राजकुमारले सन् २०१९ फेबु्रअरीमा पाकिस्तानको भ्रमण गर्नु भएको थियो। पाकिस्तान र साउदी अरेबिया सम्बन्धमा बढ्दो गति बढदै गएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया