काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ

सारांश

  • प्रहरीले कोरोना भाइरस ‘कोभिड १९’ काठमाडौँमा फैलिएको भन्दै अफवाहपूर्ण अडियो क्लिप सामाजिक सञ्‍जालमा भाइरल बनाउने युवकलाई पक्राउ गरेको छ।
  • काठमाडौँको एक अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएको भन्दै उनले अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए।
  • रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई अफवाहपूर्ण सूचना रेकर्ड गरी सामाजिक सञ्‍जालमा फैलाएको आरोपमा प्रहरीको साइबर ब्युरोले शनिबार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

प्रहरीले कोरोना भाइरस ‘कोभिड १९’ काठमाडौँमा फैलिएको भन्दै अफवाहपूर्ण अडियो क्लिप सामाजिक सञ्‍जालमा भाइरल बनाउने युवकलाई पक्राउ गरेको छ।

काठमाडौँको एक अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएको भन्दै उनले अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई अफवाहपूर्ण सूचना रेकर्ड गरी सामाजिक सञ्‍जालमा फैलाएको आरोपमा प्रहरीको साइबर ब्युरोले शनिबार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?