जब आलिया भट्ट नाइटी लगाएर एयरपोर्ट पुगिन्..
सारांश
- एजेन्सी।
- आलिय भट्ट आफ्नो लुकलाई लिएर सधैं चर्चामा रहन्छिन्।
- केही दिन अगाडि आलियालाई विमानस्थलमा देखियो।
एजेन्सी। आलिय भट्ट आफ्नो लुकलाई लिएर सधैं चर्चामा रहन्छिन्। केही दिन अगाडि आलियालाई विमानस्थलमा देखियो। उनको एयरपोर्टको लुक सामाजिक संजालमा भाइरल भएको छ। आलिया एयरपोर्टमा नाइट ड्रेशमा देखिएकी थिइन्। यो कपडाको मूल्य करिव २ लाख रुपैयाँ हो। आलियाले बोकेको ह्याण्ड ब्यागको मूल्य एक लाख हो। यति महंगो नाइट ड्रेस र ह्याण्ड व्याग बोकेपनि सामाजिक संजालमा आयिलाको मजाक उडाइएको छ। एक युजरले लेखेका छन्–यी त एकदम जोकर जस्तै देखिएकी छन्।’ अर्का एक जनाले लेखेका छन्, ‘आलियामा ड्रेसिङ सेन्स रहेनछ।’
आलियाको फिल्मको कुरा गर्ने हो भने उनी रणवीर कपुरसँग फिल्म ‘ब्रम्हास्त्र’ मा अभियन गरेकी छन्। यो फिल्म चाँडै प्रदर्शनमा आउने बताइएको छ। त्यस बाहेक आलियाले वरुण धवनसँग फिल्म ‘कलंक’ मा पनि अभिनय गरेकी छन्। यो फिल्म पनि चाँडै रिलीज हुने बताइएको छ।
प्रतिक्रिया