नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
सारांश
- काठमाडौं ।
- नेपाल पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल नै विजयी भएकाे छ ।
- पत्रकार महासंघकाे २५ अाैँ अध्यक्षमा तीर्थ कोइरालाको प्यानललाई पछाडि पार्दै आचार्य बिजयी भएका हुन् ।
काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल नै विजयी भएकाे छ । पत्रकार महासंघकाे २५ अाैँ अध्यक्षमा तीर्थ कोइरालाको प्यानललाई पछाडि पार्दै आचार्य बिजयी भएका हुन् ।
माअाेवादी निकट अाचार्यले प्रेस चाैतारीका उम्मेदवार तिर्थ काेइरालालाइ ३५ मतले हराएका छन् । साेमवार मतदान सम्पन्न भएर राती नै मतगणना भएकाे मतपरिणाम अनुसार संयुक्त उम्मेदवार अाचार्यले ७३२ मत पाए भने काेइरालाले ६९७ मत पाएका छन् । चुनावमा १४४९ मत खसेको थियाे ।
उपाध्यक्ष (खुल्ला): युनियनका बिपुल पोखरेल, उपाध्यक्ष (समावेशी): युनियनका दिलिप थापा मगर, महासचिवः युनियनका रमेश बिष्ट विजयी भए । सचिव (खुला): युनियनका रामप्रसाद दाहाल, सचिव (महिला): सेन्टरका लक्ष्मी पुन, सचिव (आदिवासी जनजाति): युनियनका उदय जियम, सचिव (मधेशी): युनियनका सितल महतो, सचिव (दलित): सेन्टरका रेमबहादुर विश्वकर्मा, लेखा समिति संयोजकः सेन्टरका रोसन पुरी विजयी भएका छन् ।
प्रदेशबाट छानिने केन्द्रीय सदस्यहरुमध्ये प्रेस चौतारीका ५ जनाले जितेका छन् भने युनियनका ८ र प्रेस सेन्टरका ६ जनजा विजयी भएका छन् । एउटा पदमा प्रेस सेन्टर र चौतारीका उम्मेदवारको बराबरी मत आएको छ ।
यस्तो छ सूची
प्रदेश १: चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।
प्रदेश २ : सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।
प्रदेश ३ चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी
प्रदेश ४ चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल बिजयी
प्रदेश न ५ सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी
प्रदेश न ६ युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी
प्रदेश ७: युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत ।
उपत्यका : प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं बिजयी ।
प्रतिष्ठान : सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही बिजयी ।
एशोसिएटमा युनियनका राधेश्याम दाहाल पवन अचार्य
प्रतिक्रिया