बैतडी,पाँचथर,डडेलधुरा,इलाको ताजा मत पारीणाम
सारांश
- बैतडीका १० वटै स्थानीय तहको नतिजा घोषणा, कहाँ को विजयी ?
- बैतडीका १० वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
- बैतडीमा नेपाली कांग्रेसले ६, एमालेले ३ र माओवादी केन्द्रले एउटा स्थानीय तहमा जितेको छ ।
बैतडीका १० वटै स्थानीय तहको नतिजा घोषणा, कहाँ को विजयी ?
बैतडीका १० वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बैतडीमा नेपाली कांग्रेसले ६, एमालेले ३ र माओवादी केन्द्रले एउटा स्थानीय तहमा जितेको छ ।
पछिल्लो विवरण अनुसार बैतडीको सिगास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिसिं धामी २३३२ प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा पनि कांग्रेसकी द्रोपति चन्दले १८५५ मत ल्याएर जित्नुभएको छ ।
यस्तै बैतडीकै पुर्चौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका रनबहादुर कुँवर ४ हजार ४४६ मत प्राप्त गरी जित्नुभएको छ । माओवादी केन्द्रकै जानकी ऐर बमले ४ हजार ९८४ मत ल्याएर उपप्रमुखमा जित्नु भएको छ ।
दिलासैनी गाउँपालिकामा भने एमालेका उकेन्द्र बहादुर बोहोरा र पार्वती रानाले जीत हासिल गर्नुभएको छ ।
कांग्रेस
१) बैतडीको पाटन नगरपालिका– केशवबहादुर चन्द
२) बैतडीको मेलौली नगरपालिका – कृष्णसिंह नायक
३) बैतडीको शिवनाथ गाउँपालिका – कर्णसिंह साउद
४) बैतडीको दशरथचन्द नगरपालिका–नरेन्द्रसिंह थापा
५) बैतडीको सुर्नया गाउँपालिका–वीरबहादुर विष्ट
६) बैतडीको सिगास गाउँपालिका – हरिसिं धामी
एमाले
७) बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
८) बैतडीको दिलासैनी गाउँपालिकामा – उकेन्द्र बहादुर बोहोरा
९) बैतडीको दोगडाकेदार गाउँपालिका – चक्र कार्की
माओवादी
१०) बैतडीको पुर्चौडी नगरपालिका–रनबहादुर कुँवर
पाँचथरको फालेलुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा सञ्चकुमार केरुङ २ हजार ९ सय ९६ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका महेन्द्र जवेगुले २ हजार ८ सय ३९ मत ल्याउनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी हिमा अधिकारी २ हजार ९ सय ८१ मत ल्याएर विजयी हुनुभयो । माओवादी केन्द्रकी कविता थाम्सुहाङ २ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ ।
डडेल्धुराको परशुराम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजय भएको छ । मेयरमा कांग्रेसका भीमबहादुर साउद र उपमेयरमा कांग्रेसकै कलापतिदेवी बोहरा विजयी हुनु भएको हो । साउदले ४ हजार ६२९ मत ल्याएर विजय हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंह मालले ४ हजार १०२ मत ल्याउनु भयो ।
उपमेयरमा काग्रेसकै कलापती बोहरा ४ हजार २१३ ल्याएर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विमला महताले ३ हजार ६३८ मत ल्याउनु भयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बृहस्पती खतिवडाले ३ हजार ६ सय ७२ मत पाउनुभयो । उपाध्यक्षमा कांग्रेसकी चन्द्रकला बुढाथोकी राई ४ हजार १ सय १३ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णु खवासले ३ हजार ६ सय ६७ मत पाउनुभयो ।
प्रतिक्रिया