सहमति नभए एमालेले भोटिङबाट मुख्यमन्त्री छान्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १६ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेशका मुख्यमन्त्रीमा सर्वसम्मति हुन नसकेमा भोटिङबाट तय गर्ने निर्णय गरेको छ ।
  • केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले मुख्यमन्त्रीका दावेदारहरुबीच सर्वसम्मतिमा निर्णय हुन नसके प्रदेशसभामा पार्टीबाट निर्वाचित सांसदहरुले संसदीय दलको बहुमतबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको हो ।

काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेशका मुख्यमन्त्रीमा सर्वसम्मति हुन नसकेमा भोटिङबाट तय गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले मुख्यमन्त्रीका दावेदारहरुबीच सर्वसम्मतिमा निर्णय हुन नसके प्रदेशसभामा पार्टीबाट निर्वाचित सांसदहरुले संसदीय दलको बहुमतबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको हो ।

सर्वसम्मत हुन नसकेका ठाउँमा निर्वाचनबाट संसदीय दलको नेता चयन हुन्छ र संसदीय दलको नेता मुख्यमन्त्री हुनेछन् । प्रदेशसभाको बैठकले कार्यविधि तय गरेपछि मुख्यमन्त्री नियुक्त हुने एमाले नेता वामदेव गौतमले बताएका छन् ।

अहिलेसम्म प्रदेश ५ मा मात्र स्थायी समिति सदस्य शंकर पोखरेल सर्वसम्मतरुपमा एमाले संसदीय दलको नेतामा चयन भएका छन् । माओवादी केन्द्र र एमालेबीचको सहमतिअनुसार एमालेले पाएका प्रदेशहरुमध्ये सर्वसम्मत भएको ५ नम्बर प्रदेशमात्र हो । अन्य प्रदेशमा एक भन्दा बढी दावेदार छन् ।

एमालेले राष्ट्रियसभाको निर्वाचन तयारी सम्बन्धी पनि छलफल गरेको छ । राष्ट्रियसभा चुनावमा मतदान गर्ने प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई २१ माघमा मतदान गर्ने तरिकाबारे प्रशिक्षण दिने तयारी पनि एमालेले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
उकालीओराली गर्दै वृद्ध उम्मेदवार शर्मा
उकालीओराली गर्दै वृद्ध उम्मेदवार शर्मा
‘अदालतको निर्णय स्वीकार्य’
‘अदालतको निर्णय स्वीकार्य’
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए
फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए
मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने
मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
भारतबाट परीक्षणबिनै तरकारी – हाम्रो भान्सामा सिधै भित्रिन्छ विषादी
भारतबाट परीक्षणबिनै तरकारी – हाम्रो भान्सामा सिधै भित्रिन्छ विषादी
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट