राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १९, २०७७
|
|
३२ पटक हेरिएको
Shares
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा

सारांश

  • गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् ।
  • अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताए ।
  • मन्त्री थापाले भने,“राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताए ।

मन्त्री थापाले भने,“राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।” सङ्घले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।

“आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ । ” ज्ञापन पत्रमा भनिएको छ ।सङ्घले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

(mundonow.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
ट्राईब्रेकरमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा
दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी
दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
खेलको अन्ततिरको दुई गोलले रियल हारबाट जोगियो
खेलको अन्ततिरको दुई गोलले रियल हारबाट जोगियो
बंगलादेशको जग्गा फिर्ता गर्ने भारत नेपालको चाहीँ किन हडप्छ ?
बंगलादेशको जग्गा फिर्ता गर्ने भारत नेपालको चाहीँ किन हडप्छ ?
स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिमा माओवादी केन्द्र
रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता
रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना !   विजय दशमी २०७५ को  हार्दिक मंगलयमय शुभकामना
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७५ को हार्दिक मंगलयमय शुभकामना
घरमै सुत्केरी हुने दर शून्य
घरमै सुत्केरी हुने दर शून्य

तपाईंले छुटाउनुभयो कि?