इटहरीमा भीषण आगलागी
सारांश
- इटहरी, २१ कात्तिक।
- लक्ष्मी पूजाको दिन बुधबार दिउँसो इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी भएको छ ।
- इटहरी उपमहानगरपालिका-६ स्थित धरानलाइनमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको हो ।
इटहरी, २१ कात्तिक। लक्ष्मी पूजाको दिन बुधबार दिउँसो इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी भएको छ । इटहरी उपमहानगरपालिका-६ स्थित धरानलाइनमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको हो । दोस्रो तल्लाबाट सुरु भएको आगलागीको कारण खुलेको छैन । सुरक्षाकर्मी र स्थानीयबासी आगो नियन्त्रणमा जुटिरहेका छन् ।
बुधबर दिउँसो सवा १ बजेदेखि लागेको आगो बिराटनगर, इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका छन् । स्थानीयबसी, प्रहरीले आगलागी भएको घरबाट सामान निकालिरहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया