संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएको छ ।
  • पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याउनुभयो ।
  • उहाँले भन्नुभयो, “हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ ।”

प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो । (प्रधानमन्त्रीको सम्बोधनको पूर्ण विवरणका लागि प्रतिक्षा गर्नुहोला)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम छाडेर तास खेल्छन् :विद्युत प्राधिकरणका कर्मचारी
काम छाडेर तास खेल्छन् :विद्युत प्राधिकरणका कर्मचारी
कलिला हातले कुटेको गिट्टीले ठूलठूला भवन र सडक कालोपत्रे बन्दै
कलिला हातले कुटेको गिट्टीले ठूलठूला भवन र सडक कालोपत्रे बन्दै
दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन: प्रधानमन्त्री
फेवातालको सिमसार क्षेत्र पुर्नेलाई कार्वाही गर्ने
फेवातालको सिमसार क्षेत्र पुर्नेलाई कार्वाही गर्ने
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
कोरोनाबाट आज ६ जनाको मृत्यु
सुन छिराउने काइदाको सुराक
संकटाद्धारा च्यासल युथ क्लब २-१ गोल अन्तरले पराजित
संकटाद्धारा च्यासल युथ क्लब २-१ गोल अन्तरले पराजित
आमरण अनसनकारी डा. गोविन्द केसीविरुद्ध आमरण अनसनमा विजय थापा
आमरण अनसनकारी डा. गोविन्द केसीविरुद्ध आमरण अनसनमा विजय थापा
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”

तपाईंले छुटाउनुभयो कि?