लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३०, २०७७
|
|
३७ पटक हेरिएको
Shares
लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन

सारांश

  • लकडाउन झन कडा हुने भएको छ ।
  • आज एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो ।
  • आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल भएको बुझिएको छ ।

लकडाउन झन कडा हुने भएको छ । आज एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाई गर्न निर्देशन दिएका छन् । उनको निर्देशनसँगै चेकजाँच कडा हुन थालेको छ ।

भारतमा आप्रवासी मजदुरहरुलाई घर जान दिन विशेष रेल र सार्वजनिक यातायात चल्न दिएपछि तराईका जिल्लाहरुमा संक्रमण बढेकोबारे पनि मन्त्रिपरिषदमा गम्भीर छलफल भएको बुझिएको छ । सीमामा कडाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएको बुझिएको छ । भारतसँगको सीमाबाट लुकिछिपि छिर्नेको संख्या बढेको छ । पछिल्लो समय संक्रमित भेटिएकाहरु पनि लुकिछिपि बढेकाहरु नै छन् ।

यसैगरी, सडकमा अत्याधिक सवारी साधन गुड्न थालेको र जाम समेत हुनथालेकोमा प्रधानमन्त्रीले चासो लिएका छन् । योसँगै अब सवारी सञ्चालनमा समेत कडाई हुने र पास विना चल्न नपाइने गरी कडाई गर्न लागिएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?