निर्वाचनका लागि खटियो सुरक्षा संयन्त्र

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १०, २०७९
|
|
४४ पटक हेरिएको
Shares
निर्वाचनका लागि खटियो सुरक्षा संयन्त्र

सारांश

  • वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा संयन्त्र आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा खटिएको छ ।
  • निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ ।
  • निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा संयन्त्र आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा खटिएको छ ।

निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको गृह मन्त्रालयले जनाएको छ । यसपालिको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजार बढी जनशक्ति परिचालन हुनेछन् ।

सेनाले पनि झण्डै त्यतिकै संख्याको जनशक्ति निर्वाचन प्रयोजनका लागि खटाउने छ । यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिने छन् । सरकारले सबै सुरक्षा निकायको सहभागिता रहने गरी एकीकृत सुरक्षा योजना बनाएको छ ।

निर्वाचनमा सबै सुरक्षा निकायको संयुक्त रूपमा काम हुनेछ । त्यसका अलावा हरेक सुरक्षा निकायले आ–आफ्नै आन्तरिक रणनीति पनि तयार पारेका छन् । निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रूपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्नेछन् ।

यसपालि कुनै आपराधिक समूहको गतिविधि नदेखिएको र विद्रोही समूहसमेत नरहेकाले पनि सुरक्षामा ठूलो बाह्य चुनौती नदेखिएको सुरक्षा संयन्त्रको निष्कर्ष छ । तर पनि दलहरूबीच आन्तरिक तथा अन्तरदलमा हुनसक्ने विवाददेखि तर्साउने, धम्क्याउने, उम्मेदवार तथा मतदातामाथि आक्रमण र प्रत्याक्रमणका घटना हुनसक्ने आँकलन भने गरिएको छ ।

निर्वाचन प्रयोजनार्थ भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिइसकेका छन् । उनीहरूलाई नेपाल प्रहरीसँगै रहेर काम गर्ने गरी निर्वाचन सुरक्षामा खटाइएको हो । चुनावका बेलामा मतदाताको लाइन मिलाउने, अनावश्यक मान्छे छिर्न नदिने, भिडभाड रोक्ने, नेपाल प्रहरीले लगाए÷अह्राएको काम गर्ने जिम्मेवारी म्यादी प्रहरीलाई दिइएको छ ।

सुरक्षा संयन्त्रले राजनीतिक दलका गतिविधि हुने स्थान तथा तोकिएका सार्वजनिक क्षेत्रको सुरक्षामा समेत निगरानी बढाउन थालेका छन् । आयोगले निर्वाचनको पर्यवेक्षणका लागि ४४ संस्थालाई अनुमति दिने निर्णय गरिसकेको छ । ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
अस्ट्रेलियन डलरको मूल्य बढ्यो
अस्ट्रेलियन डलरको मूल्य बढ्यो
हत्या गरी फरार रहेका अभियुक्त जीवन पक्राउ
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनःनिर्वाचनको ‘बटमलाइन’
बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनःनिर्वाचनको ‘बटमलाइन’
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र
भक्तपुरमा  निर्वाचनलाई सबै मिलेर सफल पाराँ -सञ्चारमन्त्री बस्नेत
भक्तपुरमा निर्वाचनलाई सबै मिलेर सफल पाराँ -सञ्चारमन्त्री बस्नेत
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ