एप डेभलपर्सहरुलाई गुगलको यस्तो उर्दी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
एप डेभलपर्सहरुलाई गुगलको यस्तो उर्दी

सारांश

  • गुगलले एप डेभलपर्सहरुलाई एक सूचना जारी गर्दै सन् २०१९ बाट गुगलको प्ले स्टोरमा एप्सका ६४ बिट भर्सन मात्र तयार गर्न आग्रह गरेको छ ।
  • यसअघि गुगलले एन्ड्रोइड ५ ललिपप अपरेटिङ सिस्टम लञ्च गरेसँगै एन्ड्रोइड फोनले ६४ बिटका एप्स सपोर्ट गर्न थालेको थियो ।
  • विद्यमान गुगल प्ले स्टोरमा ३२ बिटका विद्यमान एप्स पनि चलाउन सकिन्छ र भइरहेको एपलाई डेभलपर्सले ६४ बिटमा परिणत गर्नु आवस्यक थिएन ।

गुगलले एप डेभलपर्सहरुलाई एक सूचना जारी गर्दै सन् २०१९ बाट गुगलको प्ले स्टोरमा एप्सका ६४ बिट भर्सन मात्र तयार गर्न आग्रह गरेको छ । यसअघि गुगलले एन्ड्रोइड ५ ललिपप अपरेटिङ सिस्टम लञ्च गरेसँगै एन्ड्रोइड फोनले ६४ बिटका एप्स सपोर्ट गर्न थालेको थियो । विद्यमान गुगल प्ले स्टोरमा ३२ बिटका विद्यमान एप्स पनि चलाउन सकिन्छ र भइरहेको एपलाई डेभलपर्सले ६४ बिटमा परिणत गर्नु आवस्यक थिएन । तर अबचाहिँ गुगल प्ले स्टोरमा ३२ बिटका एपको अस्तित्व रहने छैन ।

 

गुगल डेभलपर्स ब्लगमा एन्ड्रोइडका प्रडक्ट म्यानेजर एडवर्ड कनिन्गमले एप्सलाई सुरक्षित तथा उत्कृष्ट बनाउने बारे तीनवटा विषय उठाएका छन । उनले २०१८ को दोश्रो सत्रबाट गुगल प्लेका नयाँ एप्स तथा एप अपडेटहरु विद्यमान एन्ड्रोइड एपीआई मापदण्ड अनुरुप हुनुपर्ने बताएका छन । नयाँ एप्सका लागि यो निर्देसिका सन् २०१८ को अगष्तबाट लागू हुनेछ जबकि विद्यमान पूराना एपका लागि सन् २०१८ को नोभेम्बरबाट यो लागू हुनेछ । यसको माध्यमबाट एप्सको सेक्योरिटी तथा परफर्मेन्स सुनिश्चित गर्न सकिने दाबी गुगलको छ । एप्सको ६४ बिट भर्सनका लागि सन् २०१९ को अगष्तमा गुगल प्लेलाई नयाँ एप्स तथा एप अपडेट आवश्यकता हुनेछ । अर्थात् डेभलपर्सले आफ्नो ३२ बिट भर्सनसँगै उक्त एपको ६४ बिट भर्सन पनि अनिवार्य रुपले राख्नुपर्नेछ ।

(https://ayvnews.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?