काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह

सारांश

  • विराटनगर, ४ असोज ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले बिपी कोइराला र गणेशमान सिंहले देखाएको मार्गलाई आत्मसात् गरी पार्टीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
  • गणेशमान सिंहको २०औँ स्मृति दिवसका अवसरमा आज साँझ विराटनगरमा आयोजित कार्यक्रममा उहाँले काँगेसको आदर्श र सिद्धान्तलाई अवलम्बन गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
  • मुलुकको विकासका लागि सबै राजनीतिक दल ऐक्यबद्ध हुनुपर्ने उल्लेख गर्दै उहाँले अब जनतालाई विकास र रोजगार चाहिएको छ भन्नुभयो ।

विराटनगर, ४ असोज ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले बिपी कोइराला र गणेशमान सिंहले देखाएको मार्गलाई आत्मसात् गरी पार्टीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

गणेशमान सिंहको २०औँ स्मृति दिवसका अवसरमा आज साँझ विराटनगरमा आयोजित कार्यक्रममा उहाँले काँगेसको आदर्श र सिद्धान्तलाई अवलम्बन गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

मुलुकको विकासका लागि सबै राजनीतिक दल ऐक्यबद्ध हुनुपर्ने उल्लेख गर्दै उहाँले अब जनतालाई विकास र रोजगार चाहिएको छ भन्नुभयो ।
गणेशमान सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष श्याम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेता सिंहले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, रतुवामाई नगरपालिका प्रमुख रविन राई, सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवकुमार ढकाललगायत काँग्रेसबाट विजयी भएका नगरप्रमुख र उपप्रमुखलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Raj Subedi

    देसमा शन्ति बिकास चाहियको हो तेरा आदर्स कुरा चाहयको होईन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?