दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४९ पटक हेरिएको
Shares
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता

सारांश

  • २३ मंसिर, काठमाडौं ।
  • नेकपा एमालेका युवा नेता महेश बस्नेतले पूर्व सभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानालाई दोब्बर मतको अन्तरले पछि पार्दै अग्रता बढाएका छन् ।
  • शरुदेखि नै अग्रता लिइरहेका बस्नेतले पछिल्लो मतगणना अनुसार बस्नेतले २४ हजार ८६५ मत पाएका छन् ।

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पूर्व सभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानालाई दोब्बर मतको अन्तरले पछि पार्दै अग्रता बढाएका छन् । शरुदेखि नै अग्रता लिइरहेका बस्नेतले पछिल्लो मतगणना अनुसार बस्नेतले २४ हजार ८६५ मत पाएका छन् ।

दमननाथ ढुंगाना १२ हजार ८९५ मतका साथ बस्नेतलाई पछ्याइरहेका छन् ।

सो क्षेत्रमा नेपाल मजदूर किसान पार्टीको मत भने अनुराधा थापा मगरले सुरक्षित गर्न सकिनन् । नेमकिपाको मत एमाले र कांग्रेसतिर बाँडिएको चर्चा मतगणनास्थलमा चलेको छ । सुर्यबिनायक र मध्यपुर ठिमी दुई नगरपालिका रहेको सो क्षेत्र यसअघि कांग्रेसको गढका रुपमा परिचित थियो । तर यसपटक भने दुवै नगरपालिका एमालेले जितेको थियो र प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै सिटमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

यसैबीच महेश बस्नेतसँग प्रतिस्पर्धा गर्न गएका पूर्व सभामुख दमननाथ ढुंगानाले आफ्नो सम्भावित पराजय स्वीकार गरेका छन् । उनले ट्वीट गर्दै भने- भूतले खाजा खाने बेलामा उठिए जस्तो छ ।

ढुंगानाले लगातार दोस्रो ट्वीटमा राजनीतिमा हार नहुने भन्दै अप्रत्यक्ष रुपमा बिजेता महेश बस्नेतलाई बधाई दिएका छन् । यद्यपी ढुंगाना मतगणनास्थलमा गएका छैनन् । उनको र महेश बस्नेत बस्नेतबीचको प्रतिस्पर्धा तिक्ततापूर्ण बनेको देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?