केही तत्वले जनतामा निराशा छर्न खोजेका छन् : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२० पटक हेरिएको
Shares
केही तत्वले जनतामा निराशा छर्न खोजेका छन् : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताउनुभएको छ ।
  • सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग भेट गर्दै प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी र पछौटेपन हटाउनुपर्ने बताउनुभयो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताउनुभएको छ ।

सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग भेट गर्दै प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी र पछौटेपन हटाउनुपर्ने बताउनुभयो । “यो अभियान हामीले नेपाल मात्र होइन दक्षिण एशियामा नै सञ्चालन गर्नुपर्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नुपर्दछ ।”

केही तत्वहरुले जनतामा निराशा छर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले “आम जनतामा आत्मविश्वास बढाउनु र आसलाग्दो भविष्य देखाइदिनु सरकारको काम हो ।”

देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “देशको जनसंख्यामा काम गर्न सक्नेहरुको बाहुल्यताको अवस्था छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले अब स्थापना हुने उद्योगहरु प्रविधि मैत्री हुनुपर्ने बताउनुभयो । उहाँले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको कुरा प्रचार गर्न नेपाली उद्यमीहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Niranjan Khanal

    अरु कुनै तत्व ले हैन तपाईं कैे कृया कलाप ले जनता निरासा छन्

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी
एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइने
तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइने
भरतपुर अस्पताल बहिरङ्ग सेवा ः डाक्टर भेट्न चारदिन
भरतपुर अस्पताल बहिरङ्ग सेवा ः डाक्टर भेट्न चारदिन
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
जेठ ११ गते आइतबारको राशिफल यस्तो छ
जेठ ११ गते आइतबारको राशिफल यस्तो छ
बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा
बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

तपाईंले छुटाउनुभयो कि?