पशुपति शर्माको गीतमा संसदमा दोहोरी, कोही २५ हजार दिने कोही १ महिनाको तलब
सारांश
- फागुन ६, काठमाण्डौ ।
- यति बेला गायक पशुपति शर्मा लुट्न सके लुट कान्छा नेपालमै छ छुट गीत युटुवबाट हटाइए पछि चर्चामा छन् ।
- सामाजिक सञ्जाल युटुवमा उनै गायक शर्माको पक्ष–बिपक्षमा बहस भैइरहेका बेला संसदमा पनि सत्तापक्षीय र प्रतिपक्षदलका सांसदबीच पैसा नै दिने होडबाजी नै चलेको छ ।
फागुन ६, काठमाण्डौ । यति बेला गायक पशुपति शर्मा लुट्न सके लुट कान्छा नेपालमै छ छुट गीत युटुवबाट हटाइए पछि चर्चामा छन् । सामाजिक सञ्जाल युटुवमा उनै गायक शर्माको पक्ष–बिपक्षमा बहस भैइरहेका बेला संसदमा पनि सत्तापक्षीय र प्रतिपक्षदलका सांसदबीच पैसा नै दिने होडबाजी नै चलेको छ ।
गायक पशुपति शर्माको गितमा पक्ष र बिपक्षमा आ–आफ्ना तर्क गरिरहेका छन् नेता, कार्यकर्ता र सर्वसाधारण पनि । कोही गितरोक्न नहुने भन्दै फेरि अपलोड गर्नुपर्ने आवाज उठाइरहेका छन् भने कोही देशको नेतृत्व गरिरहेका व्यक्तीलाई ब्यङ्य गर्न नहुने बताइरहेका छन् ।
सडकमा शर्माको गित बजाएर नाच्न पनि थालिएको छ । यहि बिषय सोमबारको प्रतिनिधि सभाको बैठकमा पनि प्रवेश मात्र पाएन, प्रतिपक्ष र सत्तापक्षीयबीच जुहारी नै चल्यो ।
गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डाक्टर अमरेशकुमार सिंहले आफनो तलवबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे । शून्य समयमा सांसद सिंहले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन ।
तर, केही समयपछि शुन्य समयमै नेकपाका सांसद झपट बहादुर रावलले कांग्रेस सांसद सिंहलाई संसदमै गित गाउन चुनौति दिए । त्यति मात्रैमा सांसद रावल रोकिएनन् ।
उनले सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’बोलको गीत गाएका शर्माले अहिले सरकारलाई यमराजको संज्ञा दिएको भन्दै कांग्रेसलाई पशुपतिले रक्षा गरुन् भन्दै अमरेशकुमारलाई आफैँ गित गाउन चुनौति दिए । अनि भने म तपाईलाई एक महिनाको तलब दिन्छु ।
जसरी सांसद सिंहले २५ हजार घोषणा गर्दा प्रतिपक्ष कांग्रेसका सांसदले समर्थन गर्न टेवुल बजाएका थिए, त्यसरी नै सांसद रावलले तलव नै दिने घोषणा गर्दा नेकपाका सांसदहरुले पनि टेबुल बजाएरै समर्थन जनाएका थिए । रावलले दिएको चुनौतिलाई कांग्रेस सांसद सिंहले गित गाएर एक महिनाको तलव रावलबाट लिन्छन् या लिदैनन् त्यो थाहा पाउनभने अर्को संसद बैठक कुर्नुपर्नेछ ।
प्रतिक्रिया