दोस्रोपटक पास भयो नागरिकता विधेयक, प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १७, २०७९
|
|
४२ पटक हेरिएको
Shares
दोस्रोपटक पास भयो नागरिकता विधेयक, प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाइने

सारांश

  • काठमाडौं ।
  • नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दोस्रोपटक पास भएको छ ।
  • शुक्रबार बसेको राष्ट्रियसभा बैठकले विधेयक पास गरेको हो।

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दोस्रोपटक पास भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकले विधेयक पास गरेको हो।

राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन बिहीबार पेश भएको थियो।

बिहीबारको बैठकमा सांसदको बोल्ने क्रम नसकिएकाले शुक्रबारको बैठकमा पनि छलफल भएको थियो।

विधेयकमाथिको छलफलमा विभिन्न सांसदहरूले भाग लिएर पक्ष र विपक्ष दुवैखाले धारणा व्‍यक्त गरेका थिए। संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयक कानुनी रूपमा लागू हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?