३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १, २०७९
|
|
३५ पटक हेरिएको
Shares
३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य

सारांश

  • काठमाडौं ।
  • पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ ।
  • जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।

काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिया-कफी पिउने बानी कत्तिको हानिकारक ?
चिया-कफी पिउने बानी कत्तिको हानिकारक ?
बर्दियामा समानुपातिक तर्फ कांग्रेस पहिलो
बर्दियामा समानुपातिक तर्फ कांग्रेस पहिलो
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ
हात्तीमैत्री ‘सामूहिक खेती’
हात्तीमैत्री ‘सामूहिक खेती’
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन
गाँजाको व्यवसायिक उत्पादनको कानूनी बाधा तत्काल हटाउन संसदीय समितिको निर्देशन
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
कोमाबाटै अवकाश पाउँदै डिआइजी राजेन्द्रमान श्रेष्ठ
कोमाबाटै अवकाश पाउँदै डिआइजी राजेन्द्रमान श्रेष्ठ
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको १५ मिनेट भेटवार्ता तय, आधा दर्जन एजेन्डामा छलफल हुने

तपाईंले छुटाउनुभयो कि?