दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
४३ पटक हेरिएको
Shares
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था

सारांश

  • काठमाडौं, ८ असोज ।
  • दशैंमा घर जाँदै हुनुहुन्छ ?
  • जाँदै हुनुहुन्छ भने त्यो बेला टिकट नपाइन सक्छ ।

काठमाडौं, ८ असोज । दशैंमा घर जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ भने त्यो बेला टिकट नपाइन सक्छ । त्यसकारण नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार ९ गतेदेखि नै दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको छ ।

महासंघको सोमबार बसेको कार्यसम्पादन सचिवालयको बैठकले हाल सञ्चालनमा रहेका गाडीबाटै यात्रुहरुलाई ओसार्ने गरी अग्रिम टिकट बुकिङ खुल्ला गरिएको महासचिव सरोज सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउने सरकारको निर्णय लागू गराउन सोमबारबाटै देशभर पत्राचार गरिएको जानकारी दिए ।

“सरकारले बढाएको भाडाअनुसार नै दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ”, सिटौलाले भने । सिटौलाका अनुसार यातायात व्यवस्था विभागबाट भाडा बढेको पत्र आजै प्राप्त भएकाले त्यही अनुसार भोलिबाट टिकट बुकिङ खुलाइएको हो ।

महासंघले अग्रिम टिकट बुकिङ खुल्ला गरेसँगै प्रभावकारी अनुगमनका लागि विभिन्न समिति पनि गठन गरेको छ । सिटौलाका अनुसार यात्रुलाई सहजरुपमा गन्तब्यमा पु¥याउनका लागि देशमै रहेका सवारी साधनका प्रयोग हुनेछन् ।

महासचिव सिटौलाका अनुसार यसपालि नयाँ गाडी थपिने छैनन् । सिटौलाले भने, “अहिले सञ्चालनमै रहेका गाडीलाई बढीभन्दा बढी प्रयोग गरेर यात्रुहरुलाई उनीहरुका घर गाउँसम्म पुराउने छौं ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान
प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान
नेकपाद्वारा सात प्रदेश प्रमुखको नाम सिफारिस
नेकपाद्वारा सात प्रदेश प्रमुखको नाम सिफारिस
लोकसेवाको परिक्षा दिने आठ जना खेताला परीक्षार्थी पक्राउ
लोकसेवाको परिक्षा दिने आठ जना खेताला परीक्षार्थी पक्राउ
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय
छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने
Rajinikanth and Akshay Kumar starrer ‘2.0’ release date announced!
Rajinikanth and Akshay Kumar starrer ‘2.0’ release date announced!
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी
प्रधानमन्त्रीलाई टीकापुरमा मारिएका प्रनि बलराम विष्टकी छोरीको भावुक चिट्ठी