पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २३, २०८०
|
|
२९ पटक हेरिएको
Shares
पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात

सारांश

  • झापा।
  •  कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ ।
  • चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

झापा। कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट एक लाख ८० हजार आठ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ ।

भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा रु दुई अर्ब ६२ करोड ६३ लाख ५३ हजार मूल्य बराबरको एक लाख ४७ हजार छ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ ।

सोही अवधिमा रु एक अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार एक सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ ।

(https://www.voiceoverherald.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतामाथि कालोबजारीको मार, सरकार मौन
जनतामाथि कालोबजारीको मार, सरकार मौन
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न
लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
पूर्व मिस नेपाल मलिना बनिन् मिस नेपाल यूएसको प्रशिक्षक
पूर्व मिस नेपाल मलिना बनिन् मिस नेपाल यूएसको प्रशिक्षक
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड
नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड
चितवनमा चुनाबि ,चर्चा  चार केन्द्रीय नेता भिड्दै ।
चितवनमा चुनाबि ,चर्चा चार केन्द्रीय नेता भिड्दै ।
राजनीतिको कोपभाजनमा नेपाल प्रहरी
राजनीतिको कोपभाजनमा नेपाल प्रहरी
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट

तपाईंले छुटाउनुभयो कि?