दशैका बेला कलंकीका सबै काउन्टर हटाउने तयारी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
दशैका बेला कलंकीका सबै काउन्टर हटाउने तयारी !

सारांश

  • काठमाडौ, २३ असोज ।
  • दशैं मान्न काठमाडौं उपत्यकाबाट घर जाने यात्रुको चाप बढ्दै गएको छ।
  • यही मौका छोपेर यात्रुसँग बढी भाडा असुल्ने भएकाले त्यस्ताविरुद्ध तुरुन्त उजुरी गर्न सरकारले आग्रह गरेको छ।

काठमाडौ, २३ असोज । दशैं मान्न काठमाडौं उपत्यकाबाट घर जाने यात्रुको चाप बढ्दै गएको छ। यही मौका छोपेर यात्रुसँग बढी भाडा असुल्ने भएकाले त्यस्ताविरुद्ध तुरुन्त उजुरी गर्न सरकारले आग्रह गरेको छ। सरकारले गाडीभाडामा १० प्रतिशत वृद्धि गरेपछि यसैको बहाना बनाएर बिचौलियाहरूले यात्रु ठगिरहेको पाइएकाले सरकारले यस्तो आग्रह गरेको हो। कसैले बढी भाडा असुलेको पाइए तुरुन्त नजिकैका ट्राफिक प्रहरी वा यात्रु सहायता कक्षमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।

उजुरी आएमा यात्रु ठग्नेलाई तुरुन्त कारबाही गरिने उनको दाबी छ। उनले नेपालखबरसँग भने, ‘तर यात्रुबाट यस्ता उजुरी खासै आउने गरेका छैनन्, फाट्टफुट्ट मात्र आएका छन्।’  यस्तै कलंकीमा बिचौलियाहरूबाट यात्रु बढी ठगिने गरेकाले कलंकीका सबै टिकट काउन्टर हटाउने तयारी सरकारले गरेको छ। ट्राफिक प्रहरीसँगको सहकार्यमा कलंकीका काउन्टर हटाउने तयारी गरिएको प्रवक्ता उपाध्यायले बताए। उपत्यकाबाट विभिन्न जिल्लामा जाने गाडीलाई अब नयाँ बसपार्कबाट मात्रै छुट्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ। यस्तै कोटेश्वरमा रहेको काउन्टरबाट पनि यात्रु ठगिएको गुनासो आएकाले अनुगमन थालिएको विभागले जनाएको छ। साथै काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य कार्डको व्यवस्था गर्न पनि निर्देशन दिइएको विभागका प्रवक्ता उपाध्यायले नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘कार्ड नहुँदा यात्रुलाई टिकट काट्ने आधिकारिक व्यक्ति थाहा नहुने भएकाले बिचौलिया हावी हुन्छन् र बार्गेनिङ गरेर यात्रु ठग्छन्। यसैले कार्ड अनिवार्य गर्न भनिएको छ।’  यस्तै आजबाट साझा यातायतले पनि दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो
बालकोटमा एमाले स्थायी समिति बैठक
बालकोटमा एमाले स्थायी समिति बैठक
कोभिडपछि मंकीपक्सको त्रास
कोभिडपछि मंकीपक्सको त्रास
प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा
प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वार्ता)
स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वार्ता)
जापानमा महिला कामदारलाई चस्मा प्रतिबन्ध!
जापानमा महिला कामदारलाई चस्मा प्रतिबन्ध!
छोराको नाममा पहिलो पटक बोले सैफ:छोरा जन्माएको एक महिनामै करिनाले घटाइन् तौल !
छोराको नाममा पहिलो पटक बोले सैफ:छोरा जन्माएको एक महिनामै करिनाले घटाइन् तौल !
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी

तपाईंले छुटाउनुभयो कि?