साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौं ।
  • साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।
  • यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो ।

काठमाडौं । साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसीले लेखेको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।

हिजोमात्रै साउदी अरबले ११ जना पूर्वराजकुमार, चार मन्त्री र पूर्वमन्त्रीहरुलाई पक्राउ गरेर भ्रष्टाचार सम्वन्धी अनुसन्धान शुरु गरेको छ । पक्राउ परेकाहरुको बैंक खाता समेत रोक्का गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?