अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
सारांश
- अभिनेत्री श्वेता खड्कालाई ट्युमर देशिएपछि अचानक शल्यक्रिया गर्नुपरेको छ ।
- केही दिन अघि मात्रै हेल्लो जिन्दगी फिल्मको शुटिङका लागि श्वेता लण्डन गएकी थिइन् ।
- केही दिनको छायांकन पश्चात उनी अस्वस्थ भए पछि उपचारका लागि नयाँ दिल्ली ल्याएको हो ।
अभिनेत्री श्वेता खड्कालाई ट्युमर देशिएपछि अचानक शल्यक्रिया गर्नुपरेको छ । केही दिन अघि मात्रै हेल्लो जिन्दगी फिल्मको शुटिङका लागि श्वेता लण्डन गएकी थिइन् । केही दिनको छायांकन पश्चात उनी अस्वस्थ भए पछि उपचारका लागि नयाँ दिल्ली ल्याएको हो । श्वेताले फेसबुकमार्फत आफ्नो गर्धनमा ट्यूमर देखिएको जानकारी दिएकी छिन् । उनले दोस्रो जीवन पाएको उल्लेख गरेकी छिन् । आफ्नो शल्यक्रिया सफल भएको उनले जानकारी दिएकी छन् ।
श्वेताले लेखेकी छन, ‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखेको थियो थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताए । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ उनलाई डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिए ।’
त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली ल्याइयो हो । नयाँ दिल्लीमा उनलाई डा. सुरेन्द्र कुमार दवासको समूहले सफल शल्यक्रिया गरेको श्वेताले जानकारी दिएकी छन् । श्वेताले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।
फिल्म कहाँ भेटिएलाबाछ फिल्मी उद्योगमा प्रवेश गरेकी श्वेताले सोही फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठसँग लामो समयको अफेयर्स पछि विवाह गरेकी थिइन् । तर विवाह गरेको एक महिनामै श्रीकृष्णको निधन भए पछि उनी लामो समय गुमनाम भएकी थिइन् । डिप्रेसनको रोगी समेत भएकी उनी पछिल्लो समय व्यवसायका साथै सामाजिक कार्यमा पनि व्यस्त भइरहेकी छन् ।
हालै उनले श्वेत श्री फाउण्डेसन मार्फत सिन्धुपाल्चोकको माझी वस्तीमा भूकम्पबाट तहसनहस भएका ५३ वटा घर पूनर्निमाण सम्पन्न गरेकी छन् । बिना हल्लाखल्ला उनले आफ्नै पहलमा माझी वस्तीका लागि घर निर्माण गराएको भनेर श्वेताको प्रशंसा भएको थियो ।
प्रतिक्रिया