दाङमा एमालेलाई ६, माओवादीलाई ३ क्षेत्र, कांग्रेस अलमलमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
दाङमा एमालेलाई ६, माओवादीलाई ३ क्षेत्र, कांग्रेस अलमलमा

सारांश

  • आसन्न प्रतिनिधिसभा र दोस्रो चरणमा हुने  निर्वाचनमा  दाङमा बाम गठबन्धनले क्षेत्र बाँडफाँड टुंग्याएका छन् ।
  • जम्मा ९ निर्वाचन क्षेत्र रहेको दाङमा प्रदेश सहित एमालेले ६ र माओवादीले ३ क्षेत्र पाएका छन् ।
  • एमालेले प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ क्षेत्र पाएको छ ।

आसन्न प्रतिनिधिसभा र दोस्रो चरणमा हुने  निर्वाचनमा  दाङमा बाम गठबन्धनले क्षेत्र बाँडफाँड टुंग्याएका छन् । जम्मा ९ निर्वाचन क्षेत्र रहेको दाङमा प्रदेश सहित एमालेले ६ र माओवादीले ३ क्षेत्र पाएका छन् । एमालेले प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ क्षेत्र पाएको छ । यस्तै माओवादीले प्रतिनिधि सभाको १ र प्रदेश सभाका २ क्षेत्र पाएको छ । स्थानीय तह निर्वाचनमा आफनो बलियो उपस्थिति देखाएको एमालेले आउने निर्वाचनका लागि धेरै क्षेत्र लिएको हो ।

स्थानीय तह निर्वाचनमा २ उपमहानगर , एक नगरपालिका र ३ गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका थिए भने माओवादी एउटा गाउँपालिकामा विजयी भएको थियो । यस्तै ‘हेभीवेट’ नेताका रुपमा चिनिने एमाले नेता शंकर पोखरेल र माओबादी नेता कृष्ण बहादुर महराले २ नम्बर निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दावी गर्दा वामगठबन्धलाई क्षेत्र बाँडफाडमा ठुलो कसरत गर्नुपरेको थियो । अन्ततः महरा प्रतिनिधि सभा र पोख्रल प्रदेशमा उठने गरी कुरा मिलेको छ । जिल्लामा बलियो उपस्थिती भएता पनि महराको उम्मेदवारीले माओवादी ३ क्षेत्रमा खुम्चनुपरेको हो ।

उम्मेदवार टुंगिने क्रममा
क्षेत्र बाँडफाँडसंगै दुवै दलले उम्मेदवारको टुंगो पनि लगभग लगाएका छन् । एमालेले क्षेत्र नं १ वाट प्रतिनिधिसभाका लागि बैकल्पिक केन्द्रिय सदस्य मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदेशतर्फ क मा माओवादीका इन्द्रजीत थारु, ख मा एमालेका रेवती रमन शर्मा उम्मेदवार बन्नेछन् । क्षेत्र नं ३ मा हिराचन्द्र केसी प्रतिनिधि सभाको उम्मेदवार बन्नेछन् भने प्रदेशका क मा माओवादी नेता कुबेर ओली र जग प्रसाद शर्माको सम्भावना पाउने छ । ख मा एमालेका उत्तर ओली उम्मेदवार हुनेछन ।प्रदेशसभाको लागि क्षेत्र नं २ मा माओवादीका कृष्ण बहादुर महरा उम्मेदवार बनेका छन् भने प्रदेशतर्फ २ को क.मा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेल र ख.मा एमालेकै अमर डागी उम्मेदवार बन्नेछन् ।

कांग्रेसमा जटिल
कांग्रेसभित्र पनि उम्मेदवारी चयनको विषय जटिल बन्दै गएको छ । १४ गते सम्म टुंग्याउने तयारी भइरहेको भने पनि उम्मेदवारी चयनको विषय जटिल बन्दै गएको छ । कांग्रेस स्रोतका अनुसार संघतर्फ क्षेत्र नम्वर १ मा कमलकिशोर घिमिरे, सुशीला चौधरी र प्रदिप थापामध्ये एकलाई उम्मेदवारी बनाउने गरी तयारी थालिएको छ । त्यस्तै क्षेत्र नम्वर २ मा अनिता देवकोटा र राजु खनालमध्ये एक उम्मेवार बन्ने निश्चित नै देखिन्छ । त्यस्तै क्षेत्र नम्वर ३ मा दीपक गिरी, बुद्धिराम भण्डारी र राजेन्द्र धितालको नाम चर्चामा छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?