युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का, भावी अर्थमन्त्री को होलान् ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
१८ पटक हेरिएको
Shares
युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का, भावी अर्थमन्त्री को होलान् ?

सारांश

  • काठमाडौं, २ भदौ ।
  • अर्थ र सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का भएको छ ।
  • नेकपाको अन्तरबिरोध हल गर्न गठित छ सदस्यीय कार्यदलको सुझावपछि हुने मन्त्रीमण्डल पुनर्गठनमा खतिवडालगायत धेरैजना मन्त्रीहरू हट्ने प्रायः निश्चित भएको कार्यदलका एकजना सदस्यले बताएका छन् ।

काठमाडौं, २ भदौ । अर्थ र सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का भएको छ । नेकपाको अन्तरबिरोध हल गर्न गठित छ सदस्यीय कार्यदलको सुझावपछि हुने मन्त्रीमण्डल पुनर्गठनमा खतिवडालगायत धेरैजना मन्त्रीहरू हट्ने प्रायः निश्चित भएको कार्यदलका एकजना सदस्यले बताएका छन् । फागुनमै राष्ट्रिय सभाको सांसदबाट बाहिरिएका उनलाई प्रधानमन्त्रीले एक्लौटी ढंगले पुनः अर्थमन्त्रीमा नियुक्त गरी सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए ।

राष्ट्रिय सभाको रिक्त सदस्य पदमा पार्टीको पूर्ववत् निर्णयबमोजिम वामदेव गौतमलाई नै लैजाने र प्रभावशाली मन्त्रालयको जिम्मेवारी दिने विषयमा सबैजसो नेता सहमत देखिएका छन् । टेक्नोक्रयाटलाई राजनीतिज्ञको बिल्ला भिराएर राष्ट्रिय सभा सदस्य, शक्तिशाली मन्त्रालय र केन्द्रीय सदस्यको जिम्मेवारी दिएपनि यतिखेर उनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको लागि ‘घाँडो’ साबित भएका छन् ।

यसपटक सांसदमा पुनः नियुक्त नहुने र मन्त्रीबाट समेत बाहिरिनुपर्ने छनक पाएका खतिवडालाई चालु आर्थिक वर्षको बजेट घोषणा अगावै राजश्व दरमा गरिने फेरबदलको सूचना चुहाएर विद्युतीय गाडी र चक्लेटमा करोडौं रूपैयाँ अनियमितता गरेको आरोप लागेको छ । राष्ट्र बैंकमा रहेका छोरी ज्वाईंलाई काजमा मन्त्रालय झिकाएर अनियमिततामा संलग्न गराएको बारे दृष्टिले यसअघि धेरै पटक सप्रमाण समाचार प्रकाशित गरेको थियो ।

खतिवडाका कारण पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली निकै आलोचित बनेका छन् । अर्थशास्त्रसम्बन्धी आफूलाई ज्ञान नभएको र विज्ञलाइ अर्थमन्त्री बनायो भने कायापलट हुन्छ भनेरै खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको थियो । तर, उनको कार्यकाल पूर्णतः असफल भयो । खतिवडालाई अर्थमन्त्री बनाउनुपर्ने बाध्यता ओलीलाई के थियो भन्ने कुरा पनि उनको सचिवालयलाई थाहा छैन । खतिवडाको भदौ २० गते पुनः मन्त्री नियुक्त भएको ६ महिना पुग्दैछ । खतिवडाको ठाउँमा सम्भवतः सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने बलियो सम्भावना छ ।-दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाल्टिन बालेर’ अायाे भीमफेदी गाइज
लाल्टिन बालेर’ अायाे भीमफेदी गाइज
निर्मला प्रकरणमा नयाँ खुलासा, प्रदीप पनि नक्कली हत्यारा !
निर्मला प्रकरणमा नयाँ खुलासा, प्रदीप पनि नक्कली हत्यारा !
आफुले पाएको दानलाई कसरी परोपकारमा खर्चिदैछन् यी लामा ?
आफुले पाएको दानलाई कसरी परोपकारमा खर्चिदैछन् यी लामा ?
राजपाको जनमत चुनावबाटै जोगिन्छ ः सचिव भट्टराई
राजपाको जनमत चुनावबाटै जोगिन्छ ः सचिव भट्टराई
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
फेवातालको रत्न मन्दिरलाई संग्राहलय बनाइने
फेवातालको रत्न मन्दिरलाई संग्राहलय बनाइने
मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?

तपाईंले छुटाउनुभयो कि?