सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ

सारांश

  • पाेखरा।
  •  तालैतालको शहर हो पोखरा।
  • यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् ।

पाेखरा।  तालैतालको शहर हो पोखरा। यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन्।

पर्याप्त जलाशयका कारण उक्त क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्छ । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दो छ।  विगतमा निकै पाइने चराचुरुङ्गी वर्षेनी घट्दै जानु चासो र चिन्ताको विषय बनेको छ।

विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट आउने हिउँदे चरा घट्दै गएको अनुसन्धानले देखाएको छ। पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा अचेल पाहुना चरा आउनेक्रम घटेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए। जलपक्षी गणनामा पाहुँना चराको सङ्ख्या न्यून पाइएको छ। सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवं सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा परेको उनको भनाइ थियो।

चराबारे कलम चलाउँदै आउनुभएका पत्रकार कृष्णमणि बराल प्रत्येक हिउँदमा जाडो छल्न साइबेरिया, मङ्गोलिया, तिब्बतलगायतका स्थानबाट पोखरा र आसपासका तालमा चरा आउँछन्। पाँच/सात वर्षअघिसम्म मङ्सिर लाग्नासाथ पोखरा क्षेत्रका तालमा चराको चहलपहल बढ्ने गरेकामा अचेल कम हुँदै गएको उनले बताए। विगतमा खोला किनारा र अन्य जलाशय क्षेत्रमा पाइने चरा पनि अहिले पाउन छोडिएको स्थानीयवासी बताउँछन्।

सुरौदी खोलाको किनारामा एक दशकअघिसम्म ठूलै सङ्ख्यामा हुटिट्याउँ पाउने गरिएकोमा पछिल्ला वर्षमा देख्न छाडिएको स्थानीय हरिराम आचार्यले जानकारी दिए। “पहिला खोला आसपासमा धेरै प्रजातिका चरा तथा पानी चरा पाइन्थे”, उनले भने, “अहिले ती चरा देख्न त के आवाज सुन्न पनि मुस्किल भएको छ।” विगतमा ठूलै सङ्ख्यामा देखिने गरिएको हुटिट्याउँको आवाज पछिल्ला वर्ष सुन्न रहर हुने गरेको उनले जानकारी दिए।

संरक्षणको अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा जलाशयमा माछा लगायतका जलचरमा कमीजस्ता कारणले चरा घटेको अनुसन्धानकर्ताको तर्क छ।

ताल आसपासमा विगतमा भन्दा अचेल चरा निकै घटेको रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले बताए। रुपातालमा दशकअघिसम्म पाइने दाह्रे र सेतोहाँस अहिले पाउन छोडिएको छ। स्थानीयवासीले दाह्रे हाँसलाई ‘रजहाँस’ भन्छन्। साइबेरिया लगायतका स्थानबाट आउने चरा भने वर्षेनी कम हुँदै गएको बताउँदै उहाँले बर्डफ्लुको सङ्क्रमणका कारण साइबेरिया लगायतका स्थानमा ठूलो सङ्ख्यामा चरा मारिएका कारण पनि उनीहरूको आउनेक्रम कम भएको हुनसक्ने धारणा राखे।

यसअघि २०७४ को हिउँदमा फेवातालमा गरिएको चरा गणनामा ४२ प्रजातिका चरा भेटिएकामा हाल तीमध्ये तीन प्रजाति घटेको तथ्याङ्कले देखाएको छ। अध्ययनले केही वर्षको अन्तरालमा ५० प्रतिशत चरामा कमी आएको देखाएको छ। विगतमा ठूलो सङ्ख्यामा आउने कर्याङकुरुङ पछिल्ला वर्षमा देखिन छोडेका छन् भने हुटिट््याउँ पनि कताकति देखिन थालेको छ। त्यस्तै पहेँला टाउके हाँस, सुन्जुरे हाँसलगायतका चराका प्रजाति कम देखिन थालेको अध्ययनले देखाएको छ।

पोखरा पक्षी समाजका सल्लाहकार हठन चौधरी, अध्यक्ष घिमिरे र सचिव हेमन्त ढकालले पोखरा र आसपासका क्षेत्रमा लामो समयको चरा अध्ययनलाई समेटेर लेखिएको सचित्र पुस्तकमा पोखरा उपत्यकामा ४६७ प्रजातिका चरा पाइने उल्लेख छ। विश्वमा नेपालमै मात्रै पाइने काँडेभ्याकुर पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिने र पोखरामा मात्र ४२ मांसाहारी प्रजातिका चरा पाइने समाजका अध्यक्ष घिमिरेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महासंघ र काउन्सिलले मुलुकी (फौजदारी) र मुलुकी (देवानी) संहिताबारे छलफल गर्दै
महासंघ र काउन्सिलले मुलुकी (फौजदारी) र मुलुकी (देवानी) संहिताबारे छलफल गर्दै
पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?
पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?
Helpful information for Online Dating May help
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
सचिव सापकोटा लगायतले कर्मचारीलाई काजमा पठाउन लिएको ‘घुस’ खेर जाने भो
सचिव सापकोटा लगायतले कर्मचारीलाई काजमा पठाउन लिएको ‘घुस’ खेर जाने भो
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
बलेफी हाइड्रोपावरको आइपिओमा पहिलो दिन नै मागभन्दा बढि आवेदन
बलेफी हाइड्रोपावरको आइपिओमा पहिलो दिन नै मागभन्दा बढि आवेदन
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला
यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला
करेन्ट लागेर अधिकारी को मृत्यु
करेन्ट लागेर अधिकारी को मृत्यु

तपाईंले छुटाउनुभयो कि?