कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

सारांश

  • लमजुङ ।
  • लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् ।
  • अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी उपलब्ध गराएको हो ।

लमजुङ । लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी उपलब्ध गराएको हो ।

जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलैँची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार जाली, रड, धुवाँजाने पाइप, मेन ड्रम गरी प्रतिसेट रु ७२ हजारको अलैँची भट्टी वितरण गरिएको छ । नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम (नितिस) को सहयोगमा अलैँची व्यवसायी महासङ्घ लमजुङले कृषक समूहलाई अलैँची सुकाउने सुधारिएको आधुनिक भट्टी उपलब्ध गराएको हो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?