प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।
  • मंलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए।
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। मंलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए। सभामुखले कांग्रेस नेता प्रकाशमान सिंहलाई बोल्ने समय दिएका थिए।  नेता सिंहले आफ्ना दुई जना पूर्व सभापति तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताललाई सरकारले खारेज गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए। उनले कांग्रेस नेता भएकै कारण गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल खारेज गर्न लागेको आरोप लगाए। 
गिरिजा प्रसादको नाममा तनहुँमा र सुशील कोइरालाको नाममा बाँकेको खजुरामा अस्पताल स्थापना गरिएको छ। सरकारले यी अस्पताल सञ्चालनका लागि आवश्यक बजेट नभएको बताएको छ। प्रधानमन्त्री केपी ओलीले संसदमा यो विषयमा बोल्दै ‘बजेट छैन, थप छलफल गर्नुपर्ने छ’ भनेका थिए। प्रधानमन्त्री ओलीको यस्तो जवाफले काँग्रेस थप शसंकित बनेको छ। 
नेता सिंहले सरकारले दुई तिहाइको दम्भका कारण कांग्रेस नेताको नाम जोडिएकै कारण अस्पताल खारेज गर्न लागेको भन्दै आपत्ति जनाए। उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल संघीय सरकारमाफर्त संचालन हुने निर्णय नभएसम्म संसद चल्न नसक्ने बताए। नेता सिंहले बोलिसकेपछि कांग्रेस सांसदहरु रोष्ट्रम घेराउन गर्न पुगेका थिए।
केही दिन पहिला स्वास्थ्य मन्त्रालयले देशका ११ वटा अस्पताललाई संघीय सरकार मातहत राख्न प्रस्ताव क्याविनेटमा लगेको थियो । तर, क्याविनेटले तनहुँको गिरिजा प्रसाद स्वासप्रश्वास अस्पताल र बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालबाहेक अन्य अस्पताललाई संघीय सरकार मातहत ल्याउने  निर्णय गरेको छ। सरकारले यी दुई अस्पतालबारे कुनै निर्णय नगरेर विघटनको तयारी गरेको भन्दै काँग्रेसले आपत्ति जनाउँदै आएको छ । सोमबार संसदको बैठकमा काँग्रेस संसदीय दलका उप नेता विजयकुमार गच्छदारले काँग्रेुसले गरेका हरेक निर्णय उल्ट्याउने भए वीपी राजमार्गको पनि नाम परिवर्तन गर्न चुनौती दिएका थिए । उनले माओवादीसँगको शान्ति सम्झौता पनि काँग्रेस सरकारले नै गरेको भन्दै त्यसलाई पनि उल्ट्याउन चुनौती दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त
सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त
प्रहरी हिरासतका चार बिरामी
प्रहरी हिरासतका चार बिरामी
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
कपास उद्योगमा आगलागी
कपास उद्योगमा आगलागी
निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?
निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’
अचानक ओलीले गरे यस्तो निर्णय:  बालकोटमा भेतवार्ता बन्द
अचानक ओलीले गरे यस्तो निर्णय: बालकोटमा भेतवार्ता बन्द

तपाईंले छुटाउनुभयो कि?