दुइसय पचास जना नेपाली इजरायलबाट फर्किए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
दुइसय पचास जना नेपाली इजरायलबाट फर्किए

सारांश

  • काठमाडौं ।
  • इजरायलबाट दुइसय पचास जना नेपालीहरु घर फर्किएका छन् ।
  •  नेपाली नागरिकलाई लिन हिजो राती ११ बजे गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

काठमाडौं । इजरायलबाट दुइसय पचास जना नेपालीहरु घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन हिजो राती ११ बजे गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने स्रोतले जानकारी दिएको छ । नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् । त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?