दुइ वर्षसम्म कारकाे डिक्किमा छाेरि राख्ने यी कस्ति अामा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
२० पटक हेरिएको
Shares
दुइ वर्षसम्म कारकाे डिक्किमा छाेरि राख्ने यी कस्ति अामा !

सारांश

  • भनिन्छ ‘आमा’ भगवानको अर्को रुप हो।
  • तर त्यसको ठिक विपरित एक फ्रान्सेली आमाले आफ्नै सन्तानप्रति दानवको रुप देखाएकी छन्।
  • सन् २०१३ मा रोजा–मारिया डा क्रुज जब कार बनाउन टाराससन–लाभिलेडिउको ग्यारेज पुगिन्।

भनिन्छ ‘आमा’ भगवानको अर्को रुप हो। तर त्यसको ठिक विपरित एक फ्रान्सेली आमाले आफ्नै सन्तानप्रति दानवको रुप देखाएकी छन्। सन् २०१३ मा रोजा–मारिया डा क्रुज जब कार बनाउन टाराससन–लाभिलेडिउको ग्यारेज पुगिन्। तब मेकानिकले कारबाट बच्चा कराएको आवाज सुने। उनले कारको डिक्की खोल्दा २ वर्षकी एक बालिकालाई देखे। उनलाई देख्ने वित्तिकै ती बालिका मुस्कुराएकी थिइन्। त्यस बखत आफू निकै भावुक भएको मेकानिकले बताएका थिए।

उनैले यस क्रुर घटनालाई विश्वभर सार्वजनिक गरेका थिए। ती बालिका अशक्त थिइन्। यतिबेला ती बालिका ७ वर्षकी भएकी छन्। उनी बालबालिका सुरक्षा केन्द्रमा हुर्किरहेकी छन्। यसैहप्ता सोही घटनामा दोषी मानिएकी ५० वर्षिया रोजा–मारियालाई अदालतमा खडा गरिएको छ। उनीमाथि छोरी डिक्किमा राखिएको घटनाबारे छानबिन सुरु भएको छ। घटनामा दोषी पाइए उनलाई २० वर्षको जेल हुनसक्छ। उनीमाथि एक हप्तासम्म अनुसन्धान हुनेछ। ९ देखि १५ वर्षसम्मका उनका अन्य २ छोरा र एक छोरी छन्। सन् २०१३ को घटनापछि त्यहाँको सरकारले उनका सबै सन्तानलाई सुरक्षा केन्द्रमा राखेको थियो। त्यस समय उनका पतिले त्यस छोरीका बारेमा आफूलाई थाहा नभएको बताएका थिए।

त्यसपछि यस घटनामा शंकास्पद मानिएका उनीमाथि समेत प्रहरीले मुद्धा लगाएको थियो। तर महिलाले त्यस छोरीका बारेमा परिवारलाई लुकाएको बताएपछि पतिमाथि लागेको मुद्धा खारेज भएको थियो। ती महिलाले २ वर्षसम्म ती छोरीलाई डिक्किमा राखेको हुनसक्ने प्रहरीको आशंका छ। सोही कारण उनी अशक्त हुन पुगेको समेत प्रहरीको तर्क छ। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम सम्पन्न भएर पनि ठेकेदारले पाएनन् रु ५८ करोड भुक्तानी
हुम्लाका विद्यालयमा पुस्तकालयको लागि काठमाडौ फुटसल प्रतियोगिता
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
बहिरी देवीसँग चिच्चाएर वर माग्दै भक्तजन
बहिरी देवीसँग चिच्चाएर वर माग्दै भक्तजन
गिरिजा हामी सबैको अभिभावक : अध्यक्ष दाहाल
गिरिजा हामी सबैको अभिभावक : अध्यक्ष दाहाल
कहिले हुने हो भरतपुर–१९ मा पुनः मतदान ? मिति तोक्न सर्वदलीय बैठक बस्दै
कहिले हुने हो भरतपुर–१९ मा पुनः मतदान ? मिति तोक्न सर्वदलीय बैठक बस्दै
१२ वर्षीया गंगामायाले जन्माइन् छोरी
१२ वर्षीया गंगामायाले जन्माइन् छोरी
निराश जनता देशको लागि सबभन्दा खतरनाक हुन्छन्: प्रधानमन्त्री  ओली
निराश जनता देशको लागि सबभन्दा खतरनाक हुन्छन्: प्रधानमन्त्री ओली
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’

तपाईंले छुटाउनुभयो कि?