दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ ।
  • सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् ।
  • यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ ।

दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ ।

जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै सङ्क्रमित निको भएपछि दोस्रोपटक पुनः सङ्क्रमण शून्य भएको थियो । यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्थ व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् । तर, कोरोना सङ्क्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञाजस्ता कार्य गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ ।

गएको चैतयता जुम्लामा सङ्क्रमित हुनेको सङ्ख्या ३३० पुगेको छ । बुधबारसम्म ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । चन्दननाथ नगरपालिका अर्थात् जुम्लाको सदरमुकाम खलङ्गामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यहाँका विशेषज्ञ चिकित्सकसमेत सङ्क्रमित भइरहेका छन् ।

दुई सय ८२ जना निको भएर घर फर्किसकेका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँका अनुसार सक्रिय सङ्क्रमित पाँच जना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा छन् । गएको चैतदेखि यता यहाँका १० हजार ७९२ जनाको आरटी पीसीआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन भएयता भारत दोस्रो मुलकबाट एक हजार १७२ जना र मलेसिया, कतारलगायत तेस्रो मुलकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रबेश गरेको प्रशासनको तथ्याङ्क छ ।

आइसीयू १० बेड मात्रै

यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसीयूका १० बेड मात्र रहेका छन् । प्रतिष्ठानमै अन्य साधारण आइसोलेसन बेड भने एक २० बेड रहेको जनाएको छ ।त्यसैगरी यहाँका ८ स्थानीय तह र नेपाली सेनाका व्यारेकमा १५ देखि ५० बेडसम्म गरी जुम्लामा जम्मा ४४५ बेडका आइसोलेसन सेन्टरहरु रहेको स्थानीय प्रशासनले जनाएको छ । थप आइसीयू र भेण्टिलेटर कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

(newportworldresorts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्छ’
‘विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्छ’
वर्षमान पुन “अनन्त” : रोल्पाको माडीचौरदेखि सिंहदरबारको मन्त्रीसम्म
वर्षमान पुन “अनन्त” : रोल्पाको माडीचौरदेखि सिंहदरबारको मन्त्रीसम्म
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
टिफा बैठक : अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड
टिफा बैठक : अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड
प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या
उपेन्द्र यादवको रिटको सुनुवाई पूर्ण इजलासमा हुने
उपेन्द्र यादवको रिटको सुनुवाई पूर्ण इजलासमा हुने
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
अाज वैशाख १२ गते:  कहाँ के-के घटना घटे ?
अाज वैशाख १२ गते: कहाँ के-के घटना घटे ?
यस्तो बानीले दाम्पत्य जीवनमा फाटो ल्याउँछ
यस्तो बानीले दाम्पत्य जीवनमा फाटो ल्याउँछ
सगरमाथाकाे उचार्इ घट्याे कि घटार्इयाे ?
सगरमाथाकाे उचार्इ घट्याे कि घटार्इयाे ?