दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २, २०७९
|
|
२७ पटक हेरिएको
Shares
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने

सारांश

  • काठमाडौं।
  • सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ।
  • श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो।

काठमाडौं। सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो।

अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने व्यवस्था गरिएको छ।

यो नयाँ व्यवस्था लागू भएपछि वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ।

विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताइएको छ। मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने छैन।

अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ।

यसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालकाो खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?