दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २, २०७६
|
|
३४ पटक हेरिएको
Shares
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी

सारांश

  • गुठी विधेयकको खुलेर समर्थन गर्दै आएकी नेकपाका सांसद शान्ता चौधरीले गुठियारहरुले अनावश्यक बखेडा झिकेर आन्दोलन गरेको आरोप लगाएकी छिन् ।
  • प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै चौधरीले गुठी विधेयक सरकारले जानेर बुझेर आवश्यकताका आधारमा ल्याएकाले विरोध गर्नुको औचित्य नभएको बताएकी हुन् ।
  • काठमाण्डौका केही तत्वहरुले अनावश्यक प्रचार गरेर विधेयकलाई विवादमा ल्याएको चौधरीको तर्क छ ।

गुठी विधेयकको खुलेर समर्थन गर्दै आएकी नेकपाका सांसद शान्ता चौधरीले गुठियारहरुले अनावश्यक बखेडा झिकेर आन्दोलन गरेको आरोप लगाएकी छिन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै चौधरीले गुठी विधेयक सरकारले जानेर बुझेर आवश्यकताका आधारमा ल्याएकाले विरोध गर्नुको औचित्य नभएको बताएकी हुन् ।

काठमाण्डौका केही तत्वहरुले अनावश्यक प्रचार गरेर विधेयकलाई विवादमा ल्याएको चौधरीको तर्क छ । उनले २–४ जना नेवाहरुले विरोध गर्दैमा विधेयक फिर्ता नहुने पनि बताएकी छिन् ।

काठमाण्डौमा विधेयकको विरोधमा भएको आन्दोलनभन्दा दाङमा पक्षमा भएको आन्दोलन ठूलो भएको उनको जिकिर छ ।

यो पनि पढ्नुस्
गुठी विधेयकको विरोधमा भाडाका मान्छे : सांसद गंगा चौधरी

रकारले ल्याएको गुठीसम्बन्धित विधेयकको विरोधमा उत्रिएका आन्दोलनकारीलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले भाडाका मान्छे भनेकी छिन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै ‘भाडाका मान्छेले विरोध गर्दैमा’ विधेयकलाई कुनै हालतमा रोक्न नहुने तर्क गरिन् । विधेयकको बचाऊ गर्दै आन्दोलनकारीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी चौधरीले भनिन्,‘भाडाका मान्छेले भन्दैमा गुठी विधेयक फिर्ता नगरियोस् ।’ माइतीघर मण्डलमा भाडाका मान्छे ल्याएर गुठी विधेयकको विरोध भएको आरोप लगाइन् ।

स्वर्गद्वारीको जग्गाबारे बोलेकी सांसद चौधरीले किसानहरु अधिकारका लागि उठ्नसक्ने बताइन् । गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकामा आन्दोलन उठिरहँदा उपत्यका बाहिर र भित्रको गुठी प्रथा फरक हुने व्याख्या गर्दै सत्तारुढ सांसदहरुले विधेयकको बचाऊ गरिरहेका छन् ।

यसअघि सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीले गुठी विधेयक फिर्ता लिन नहुने तर्क गरेकी थिइन् । उनले किसानको अधिकार सुनिश्चित हुने गरी विधेयक आएको भन्दै विरोध गर्नुको अर्थ नरहेको बताइन् । चौधरीले मन्दिर र मूर्तिका लागि मात्र बोल्ने किसानको लागि नबोल्ने ? प्रश्न गरिन् ।

चीनमा सेनापति थापाको यस्तो छ कार्यक्रम

प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा निस्किएका छन् । आइतबार अपरान्ह थापा चीनतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी यूरोप भ्रमणबाट फर्किएकै दिन प्रधानसेनापति चीन भ्रमणमा निस्किएका हुन् । एक साता लामो भ्रमणमा निस्किएका थापाले उच्च सैनिक अधिकारीसँग भेट गर्नेछन् । चीनले नेपालसँग सैन्य तहमा सम्बन्ध बढाउँदै लगेको छ । चिनियाँ सैन्य अधिकारीहरुको आवत्जावत् बाक्लिएको छ । थापाकै कार्यकालको शुरुमै नेपाल र चीनबीच सैन्य अभ्यास भएको थियो । यसले अन्तर्रा्िष्ट्रय चर्चा पाएको थियो । विदेश भ्रमणमा प्रधानसेनापति थापाको दोस्रो गन्तव्य चीन भएको छ । प्रधानसेनापति भएपछि पहिलो भ्रमणका लागि भारत पुगेका थिए । उनले भारतीय सेनापतिको मानार्थ प्रधानसेनापतिको सम्मान लिएका थिए । जुन नेपाल भारतबीचको सैन्य परम्परा मानिएको छ ।

भारतपछि हरेक प्रधानसेनापति चीन जाने प्रचलन रहँदै आएको छ । थापाले पनि यसलाई निरन्तरता दिए । चीन भ्रमणका क्रममा सेनापतिले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनले उच्चस्तरीय पदधिकारीसँग भेटघाट गर्नुका साथै ऐतिहासिक स्थलहरुको भ्रमण समेत गर्ने तय भएको छ ।

उच्चस्तरीय पदाधिकारीबारे केही नखुलाइएपनि प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाका प्रमुख ली जुओचेङसँग महत्वपूर्ण भेट गर्नेछन् । यसबाहेक चिनियाँ रक्षा मामला हेर्ने उच्च अधिकारीसँग पनि थापाको भेट हुनेछ । उनले उच्च राजनीतिक भेट पाउने नपाउने निश्चित नभएपनि त्यसको सम्भावना रहेको सैनिक स्रोतले बताएको छ ।

चीन जानुअघि विमानस्थलमा प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले बिदाई गरेका थिए । चीनका राजदूत, नेपाली सेनाका उच्च अधिकारी विमानस्थलमा बिदाइका लागि पुगेका थिए ।

नेपाली सेनाले उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहाद्रपूर्ण सम्बन्धको सार्थ द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

यसैगरी प्रधानसेनापतिको भ्रमण अवधिभर बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा अब सार्वजनिक सवारी साधन राति १० बजेसम्म अनिवार्य
उपत्यकामा अब सार्वजनिक सवारी साधन राति १० बजेसम्म अनिवार्य
अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको,  जवाफमा ‘सिक्किम कार्ड’ ?
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको, जवाफमा ‘सिक्किम कार्ड’ ?
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
गठबन्धन बैठक: दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने तयारी
गठबन्धन बैठक: दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने तयारी
टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ
एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ
शेरबहादुर देउवा पनि मुछिए बालुवाटार जग्गा काण्डमा, जग्गा व्यक्तिको नाममा जानुमा देउबा जिम्मेवार

तपाईंले छुटाउनुभयो कि?