जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !
सारांश
- काठामडाै, २३ वैशाख ।
- बसुन्धाराबाट प्रहरीले जिपकाे चालक संग पेस्ताेल बरामद गरेकाे छ ।
- गएराती सवा ११ बजे बा ३ च १६५४ नम्बरको जिप र बा ४० प ५७ ७५ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालक, स्याङजा पुतलीबजार ३ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २६ बर्षीय सन्तोष नेपालीको मृत्यु भएको थियाे ।
काठामडाै, २३ वैशाख । बसुन्धाराबाट प्रहरीले जिपकाे चालक संग पेस्ताेल बरामद गरेकाे छ ।
गएराती सवा ११ बजे बा ३ च १६५४ नम्बरको जिप र बा ४० प ५७ ७५ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालक, स्याङजा पुतलीबजार ३ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २६ बर्षीय सन्तोष नेपालीको मृत्यु भएको थियाे ।
ठक्कर दिने जिपका चालक सुमन थापा काे साथबाट पेस्ताेल बरामद गरेकाे प्रहरीले जनाएकाे छ । बरामदसंगै घटनाले अर्काे माेड लिएकाे प्रहरी स्राेतले बतायाे ।स्राेतले भन्याे थापा अपराधिक समूहमा हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।
मोटरसाइकलमा पछाडी सवार २९ बर्षीय अर्जुन बोहोरा घाइते भएका छन् । गम्भिर घाइते भएका नेपालीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा राती साढे ११ बजे मृत्यु भएको थियो।
ठक्कर दिने जिप चेकजाँच गर्ने क्रममा लमजुङका सुमन थापा पक्राउ परेका छन्।
प्रतिक्रिया