दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

सारांश

  • काठमाडौँ, २१ कात्तिक ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को एकता प्रक्रिया शुरु भएको छ ।
  • राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्र) का अध्यक्ष पशुपतिशम्शेर जबराबीच मंगलबार भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ ।

काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्र) का अध्यक्ष पशुपतिशम्शेर जबराबीच मंगलबार भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राणालाई दिएअनुसार महाराजगञ्जस्थित अध्यक्ष राणाको निवासमा छलफल भएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।

वैचारिक दृष्टिकोणमा हिन्दू राष्ट्र कायम गर्ने, राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा जनताको चाहनाका साथै दुवै दलका नेता तथा कार्यकर्ताको भावनालाई बुझेर निर्णय लिने सहमति भएको छ । पछिल्लो पटक मुलुकमा भइरहेको राजनीतिक घटनाक्रमका बारे समीक्षा भएको छलफलमा एकताका लागि विधि र प्रक्रियाका बारे पनि सामान्य कुरा भएको छ। केही दिनअघि डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्र) का अध्यक्ष राणाबीच पार्टी एकताबद्ध गर्ने विषयमा कुरा भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?