जीप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
जीप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते

सारांश

  • गुल्मी: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु १३ जना घाइते भएका छन् ।
  • मलामी गएर तम्घास फर्किँदै गरेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ मा बुधबार राति अर्खलेमा दुर्घटना भएको हो ।
  • दुर्घटनामा कपिलवस्तुको वाडगंगा नगरपालिकाका ५५ वर्षीय रुद्रबहादुर डेगाको मृत्यु भएको जिल्ला ट्राफिक ट्राफिक कार्यालय गुल्मीले जानकारी दिएको छ ।

गुल्मी: गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु १३ जना घाइते भएका छन् । मलामी गएर तम्घास फर्किँदै गरेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ मा बुधबार राति अर्खलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको वाडगंगा नगरपालिकाका ५५ वर्षीय रुद्रबहादुर डेगाको मृत्यु भएको जिल्ला ट्राफिक ट्राफिक कार्यालय गुल्मीले जानकारी दिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको पाल्पामा उपचार भइरहेको छ ।

७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालोमा ब्रेक फेलभई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?